Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

विवाहको प्रलोभन दिई ४२ लाख ठगी गर्ने एकजना पक्राउ 

विवाहको प्रलाभन देखाई  ४२ लाख ३० हजार ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

 

महानगरीय अपराध महाशाखाका अनुसार ठगीको आरोपमा रामेछाप, साँधुटार नगरपालिका वडा नं. ३ स्थायी घर भई अहिले काठमाडौंको धापासी बस्ने ५२ वर्षीय नबिन भन्ने लोकबहादुर श्रेष्ठ पक्राउ परेका हुन्। 

 

उनले पीडितलाई विश्वासमा पारेर कहिले बिरामि परेको त कहिले अस्पतालम उपचार गर्न भन्दै ४२ लाख ३४ हजार रकम पठाउन लगाएर ठगी गरेका थिए । 

 


महाशाखाको टोलीले आइतबार काठमाडौंको विशालनगरबाट पक्राउ गरेको हो । उनलाई ठगी कसुरअन्तर्गत अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

ललितपुरमा ‘घरको चोरी, भकारी भरी’, अन्तमा खुल्यो यस्तो रहस्य

प्रहरीसँग सानुकान्छाले त चोरी भएको बाहेक केही बताएनन् । तर एउटा कुरा खोले, उनको श्रीमतीसँग बिग्रदो सम्बन्ध र सम्बन्ध बिच्छेदसम्मको अवस्था । 

चैत २१, २०७८

काठमाडौंमा १६ वर्षअघि अपहरण गरेर लुटपाट गर्ने जगन्नाथ ढकाल पक्राउ

प्रहरीले १६ वर्ष अघि मोटरसाईकलमा सवार ब्यक्तिलाई दिनदहाडै अपहरणगरि लुटपाटगर्ने गिरोहका नाईकेलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले ७ असोज २०६१ मा काठमाण्डौको जडिवु...

चैत २१, २०७८

करेन्ट लागेर हात्तीको मृत्यु 

कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रमा करेन्ट लागेर एउटा बयस्क हात्तीको मृत्यु भएको छ ।

चैत २१, २०७८

७० लाख जरिवाना र ४५ दिन कैद छल्दै हिँडेका वीरगञ्जका सत्यानारायण रौनियार पक्राउ 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-६ माईस्थान बस्ने ५८ वर्षीय सत्य नाराणप्रसाद रौनियारलाई काठमाडौं रातोपुलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

चैत २१, २०७८