Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

काठमाडौंमा १६ वर्षअघि अपहरण गरेर लुटपाट गर्ने जगन्नाथ ढकाल पक्राउ

पक्राउ जगन्नाथ ढकाल

प्रहरीले १६ वर्ष अघि मोटरसाईकलमा सवार ब्यक्तिलाई दिनदहाडै अपहरणगरि लुटपाटगर्ने गिरोहका नाईकेलाई पक्राउ गरेको छ । 


महानगरीय अपराध महाशाखाले ७ असोज २०६१ मा काठमाण्डौको जडिवुटीबाट पिडितलाई नियन्त्रणमा लिएर अपहरण गर्ने समुहका नाईंके जगन्ननाथ ढकाललाई पक्राउ गरेको हो ।

उनको ११ जनाको समुहले बनेपाबाट आउदै गरेका नारायण खनाललाई मुखमा टेप लगाएर बोल्न कराउन नदिई भ्यानमा राखेर एकान्तमा पुगेपछि कुटपीट गर्दै साथमा रहेको नगद, मोटरसाईकल र मोबाईल लुटपाट गरेका थिए ।

उनीहरुले खनालका साथमा रहेको १० लाख सहित करिब १२ लाख रुपैयाँको धनमाल लुटपाट गरेका थिए । 


महाशाखाका अनुसार  ढकाल घटना लगत्तै फरार थिए । उनी विदेशमा गएर बसेका थिए । पछिल्लो समय नेपाल आएको मौकामा उनी पक्राउ परेका हुन् । 


महाशाखाबाट खटिएको विशेष टोली, जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको सयुक्त टोलीले १ मंसिरमा ढकाललाई हेटौडाको  नागसोतीबाट पक्राउ गरेको हो । 


महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार जाहेरवाला नारायण खनाल बनेपा मिटिङबाट बा १६ प  ६८२१ नम्वरको मोटरसाईकलमा फर्कदगर्दा यो गिरोहले  जडिवुटीमा उनको अपहरण गरेको थियो । त्यसबेला तत्काल नाम थर नखुलेका ५ जना व्यक्तिहरुले आफुलाई सुरक्षाकर्मी बताउदै उनको अपहरण गरेका थिए ।  

घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा जगननाथ ढकाल समेत ११ जना व्यक्तिहरुको संलग्नता रहेको खुल्न आई प्रतिवादी कायम भएको थियो । 

तत्कालिन पुनरावेदन अदालत पाटनले १३ चैत्र २०६३ को आदेशले ढकाललाई थुनामा राख्ने आदेश भएपछि उनी तारेख गुजारी बसेका थिए ।  

काठमाण्डौ जिल्ला अदालतले  ६ भदौं २०६४ मा फैसला सुनाउदै ढकाललाई ६ बर्ष कैद र जरिवाना सजाय गरेको थियो । महाशाखाले ढकाललाई फैसला कार्यन्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ । 

प्रतिक्रिया

90
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै