Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

स्याङजामा एकै दिन समातिए १११ जना जघन्य अपराधका फरार अभियुक्त

स्याङजा प्रहरीले एकैदिन एकसय ११ जना विभिन्न जघन्य अपराधका अभियुक्तलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङजा र मातहतका इकाईलाई एसपी होविन्द्र बोगटीले एकै दिन बुधबार परिचालन गरेर यो सफलता हात पारेका हुन् । अपराध अनुसन्धानमा अब्बल अधिकारी एसपी बोगटीले विशेष योजना बनाएर अपराध गरेर फरार अभियुक्त समाउने अभियान थालेका हुन् । 

अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बांकी रहेका बिभिन्न मुद्दा कर्तव्य ज्यान, जर्वजस्ती करणी, मानवबेचबिखन, लागु औषध, हातहतियार खरखजना, सवारी ज्यान, बहु बिवाह, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपिट लगायतका बिभिन्न मुद्धामा बिभिन समयमा फैसला भई लुकिछिपि बसेका ९७ जना पुरुष र १४ जना महिला गरी १११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरुलाई बुधबार नै  स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको हो । 

स्याङ्जा प्रहरीले फरार प्रतिवादीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याई अदालतबाट भएको फैसलालाई कडाईकासाथ कार्यान्वयनमा ल्याउन र कैद तथा जरिवाना तोकिएको व्यक्तिहरु समाजमा रहदा शान्ती सुरक्षामा समेत चुनौती आउने र अपराध गरे पश्चात पनि बिना सजाय समाजमा रहदा अपराध गर्न प्रोत्साहित हुने हुँदा र दशै तिहारको बेलामा अत्याधिक मानिसको आवागमन हुने हुँदा बिशेष योजना बनाई लामो समय देखि निग्रानी गरी फरार प्रतिवादीहरुलाई जिल्ला भित्रका बिभिन्न स्थान र बाहिर जिल्लाबाट समेत समन्वय गरी पक्राउ गर्न सफल भएको एसपी बोगटीले बताए ।

उनका अनुसार २०५९ साल देखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका जिल्ला स्याङ्जा थुमपोखरा घर भई लामो समय देखि लुकिछिपि नवलपरासी सुनवलमा बस्दै आएका तेजलाल डुने, जवरजस्ती करणी मुद्दामा लामो समय देखि फरार रहेका बालसिंह गुरुङ, जवरजस्ती करणी उधोगमा संलग्न ६ जना, हाडनाता करणीमा संलग्न ३ जना, हातहतियार खरखजना मुद्दाका ३ जना, लागु औषध मुद्दाका २ जना लगायत विभिन्न जघन्य मुद्दामा संलग्न भई विगत लामो समय देखि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी  जिल्ला अदालतमा उपस्थित गराईएको जानकारी दिए । 

प्रतिक्रिया

1
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

ललितपुरमा ‘घरको चोरी, भकारी भरी’, अन्तमा खुल्यो यस्तो रहस्य

प्रहरीसँग सानुकान्छाले त चोरी भएको बाहेक केही बताएनन् । तर एउटा कुरा खोले, उनको श्रीमतीसँग बिग्रदो सम्बन्ध र सम्बन्ध बिच्छेदसम्मको अवस्था । 

कार्तिक २०, २०७७

एसपी बस्नेत र यादव घूस लिएकाे आराेपमा निलम्बित, एसएसपीकाे नेतृत्वमा थप अनुसन्धान हुँदै

गृह मन्त्रालयले एसपी बिमल बस्नेत र रामेश्वर यादवलाई निलम्बन गरेर थप अनुसन्धानका लागि निर्देशन दिएकाे छ ।

कार्तिक २०, २०७७

हल्लाकै भरमा बढदै छ लजालु रेड पाण्डाको सिकार

बन्यजन्तुको सोधकर्ताहरुका अनुसार काठमाडौंमा रेडपाण्डा महँगोमा विक्री हुने हल्लाकै भरमा पछिल्लो आधा दशक देखि यो लजालु र अति सुन्दर जनावर अनाहकमा मारिने गरेका छन् । 

कार्तिक २०, २०७७

रुपन्देही प्रहरीले भारतबाट पक्रेर ल्यायो कुर्मीका हत्यारा

प्रहरीले एकजना कुख्यात लुटेरालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको छ । 

कार्तिक २०, २०७७