
इलामको सन्दकपुर गाउँपालिका–५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ ।
नम्बर एक प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृर्षीराज्य मन्त्री राम रानाले मंसीर ८ गते आयोजित एक समारोहका बीच उक्त बिओपीको उद्घाटन गरेका हुन् ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण इलाम मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारीनिकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित हुनेछ ।
इलाम जिल्लाको सदरमुकाम देखि करीव ३९
किलोमिटरको दुरिमा नेपाल भारत सीमानाका भन्दा करीव १ किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले आजैबाट दैनिक कार्य सुचारु गरेको छ ।
सशस्त्र प्रहरी बलको एक प्लाटुन टोली आवश्यक बन्दोवस्तीका सामानसहित सो ठाउँमा खटिएको हो ।
नेपाल सरकारको नीति अनुरुप सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिएको हो ।
हालसम्म १८९ वटा बोर्डर आउट पोष्ट स्थापना भईसकेको छ भने पहिलो चरणमा निकट भविष्यमा २२१ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने योजनाका साथ आवश्यक कार्य भइरहेको छ ।
भारत र नेपालमा मात्र होइन, दुर्लभ वन्यजन्तुको अवैध कारोबारको चर्चा हुँदा एकै व्यक्ति तर फरक फरक (कोन्चोक, कुन्चोक, कोन्जोक र कुन्जोक) नाम सधैं चर्चामा हुन्थ्यो । अन्तर्रा...
नेपाली सेनाका तीनजना अवकाशप्राप्त प्रधानसेनापतिहरु प्रज्जवल शम्सेर जबरा, रुकमाङगत कटवाल, र गौरब शम्सेर राणाले भारत–नेपाल सेनाबिच रहेको मानार्थ महारथी दिने परम्पराका बिषयम...
नेपाली सेनाले दक्षिण सुडानको क्युइबेटमा सम्भावित ठुलो जातिय हिंसा रोक्नमा सफलता पाएको छ ।
नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार फर्किएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई, त्यहाँ ता...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit