
नेपाली सेनाले दक्षिण सुडानको क्युइबेटमा सम्भावित ठुलो जातिय हिंसा रोक्नमा सफलता पाएको छ ।
शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको अनमिसको क्युइबेट ईलाकामा तैनाथ कालिध्वज गण अन्तर्गतको अस्थायी कार्य संचालन बेस (टीओबी) ले यही १० मंसिरमा सो क्षेत्रमा सम्भावित जातिय हिंसाबाट जोगाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
टिओबीको जिम्मेबारीमा रहेका सहसेनानी (क्याप्टेन) बिज्ञान बिष्टको कमाण्डमा रहेको टोलीले स्थानिय दुई जातीका बासिन्दाहरुलाई सम्झाउनुका साथै सुृरक्षास्थिती मजबुत बनाएका घटना रोकेका हुन् ।
सेनाका अनुसार गण मुख्यालय रूम्बेकबाट करिब ७० किलोमिटर उत्तर पश्चिममा रहेको क्यूइबेट ईलाका नजिकै रहेको केटल कैम्पमा चोरी गर्न
आएको भनिएको कन्गोर जातिका एक ब्यक्तिको झडपमा मृत्यु भएपछि जातिय हिंसा भडकिन थालेको थियो ।
त्यहाँ कन्गोर र आयइल जातीबिच पटक–पटक हिंसा हुँदै आएको छ । यसपटक पनि दुई जाती भिडने तयारीमा रहँदा सेनाले स्थिती नियन्त्रणमा लिएको थियो ।
क्याप्टेन बिष्ट क्विक रियाक्सन फोर्स परिचालन भइ दुई पक्षबीच झडप हुनबाट जोगाएको थियो । उक्त ईलाकाको सुरक्षा स्थीति सामान्य भए पश्चात युएन मिसनका अन्य कम्पोनेन्ट हरुबाट त्यहाँस्थित बिभिन्न जातिय समुदायहरुबीच शान्ति कायम गराउने कार्य शुरु गरेको थियो ।
जातिय द्वन्दका कारण नरसंहारबाट गुज्रेको सुडानमा यस प्रकारका घटनाको पुनराबृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले पुर्याएको योगदानलाई संयूक्त राष्ट्र संघबाट उच्च प्रशंसा भएको निर्देशनालयले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit