
चितवनको सौराहास्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा हुर्किएको गैडाको बच्चालाई जंगल पठाउने तयारी गरिएको छ ।
एक वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा अलपत्र परेको उक्त गैडाको बच्चालाई उद्दार गरी हुकाईएको हो ।
पुष्पा नाम गरेकी उक्त गैडाको बच्चालाई भैंसीको दुध खुवाएर हुर्काइएको हो । अहिले घाँस खान सक्ने भएसँगै जंगलमा लगेर छाडने तयारी गरिएको छ । गैडाको बच्चालाई लालबहादुर महतराले हुर्काएका हुन् ।
सानैदेखि रेखदेख गर्दै आएकाले पुष्पालाई छाडनुपर्ने दिन नजिकिदै गर्दा महतरा भने दुखि देखिन्छन् । आफ्नो बच्चालाई जस्तै माया दिएर हुर्काएकोले जंगलमा छाडेपनि रेखदेख गर्न पुग्ने महतराले बताए ।
पुष्पासँग महतरा ।
पुष्पाले जन्मेदेखि नै जंगलको अनुभव गर्न पाएकी छैन । भैंसीको दुध खाएर हुर्केकी पुष्पालाई सुरुमै खुला जंगलमा नभइ अर्नाका लागि बनाइएको खुला खोरमा छोड्ने तयारी गरिएको छ ।
तत्कालै जंगल लगेर छाड्दा अन्य जनावरको डर हुने भएकोले पहिला निकुञ्ज भित्रको अर्नाका लागि तयार पारिएको ‘इन्क्लोजर’ (तारबारगरी निश्चित क्षेत्र छुट्टाइएको ठाउँ) मा लगेर राखिने र जंगल कै प्रकृतिमा रमाउन सक्ने भएपछि खुला जंगलमा छाडिने राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्रमुख डा. बाबुराम लामिछानेले बताए ।
राष्ट्रिय प्राकृतिक संरक्षण कोषले पुष्पासहित हालसम्म २५ ओटा टुहुरा गैंडाको बच्चा हुर्काएको छ । पुष्पालाई भेटेरिनरी डाक्टर, वन्यजन्तु प्राविधिक सहितको सहयोगमा हुर्काइएको हो ।
tadalafil 5mg pills - tadalafil 20mg price cheap cialis generic
प्रहरीले अनलाइन बेटिङका दुईजना नाईकेलाई पक्राउ गरेको छ । उनीहरुले अनलाइन जुवा खेलाउने र नेपाली जुवाडेलाई सिक्किम देखि श्रीलंकासम्म पुु¥याएर घरबार बिहिनसम्म बनाउने गरेका थ...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले प्रतिनिधि सभा विघटन नभएको प्रतिक्रिया दिएका छन्...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
tadalafil 5mg pills - tadalafil 20mg price cheap cialis generic