Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

एमसीसी उपाध्यक्ष फातिमाको यस्तो छ काठमाण्डौको चारदिने ‘आइटिनरी’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसीसी उपाध्यक्ष फातिमा सुुमारसहित उनको टिम।

एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स काठमाडौं आइपुगेका छन् । नेपालको चारदिने भ्रमणका लागि उनीहरु काठमाडौं आईपुगेका हुन् । 

 

काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी थिइन् । 

 

नेपाल आईपुगेका उपाध्यक्ष सुमार नक्सालस्थित मेरियट होटलमा बस्ने छिन् । कतार एयरवेजमार्फत बिहीबार बिहान काठमाडौं ओर्लिएका एमसीसी टोलीको बिरोध हुने कार्यक्रम भए पछि भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । 

 

नेपालमा एमसीसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आँकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो ।

 

उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ । 

 

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि अमेरिकाको सरकारी निकाय एमसिसीबीच सम्झोता भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । 

 

सम्बन्धित समाचारः नेपालमा एमसीसी आयोजनाः यस्तो छ यसको आवश्यकता, सत्यता र भ्रम

 

उपाध्यक्ष फतिमाको टोलीले बिहीबारबाट राजनीतिक भेटघाट शुरु गर्ने कार्यक्रम रहेको छ । उपाध्यक्ष फतिमाको पहिलो भेट प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली सँग हुनेछ । 

 

प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनी भक्तपुर बालकोटस्थित निवासमा दिउँसो पुग्ने छिन् । ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ । 

 

शुक्रबारदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भटटराई लगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

 

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट शुक्रबार ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुनेछ । सम्झौता अनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोग प्राप्त हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै