
जिल्ला प्रहरी कार्यालय सर्लाहीले सीमावर्ती बलरा नाका हुदै भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउँदै गरेको ठुलो परिमाणको बिस्फोटक पदार्थ बरामद गरेको छ ।
बलरा नाका हुदै ट्याक्टरमा राखेर भारतबाट ल्याउँदै गरेको बिस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख सन्ताेषसिंह राठाैर नेतृत्वकाे टाेलीले तिहारका लागि तस्करी भईरहेकाे बिस्फाेटक पदार्थ बरामद गरेकाे हाे ।
दिपावली तथा छठ पर्वलाई लक्षित गरि ट्याक्टरमा लुकाएर ल्याउँदै गरेको १० क्वीन्टल ८८ किलो बिस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
प्रहरीले बिस्फोटक पदार्थ ओसारपसारमा प्रयोग गरिएको ज।१ त २१७९ नम्बरको ट्याक्टरमा समेत नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बरामद गरिएको बिस्फोट पदार्थहरुमा राधाचक्र, अठईसा, झिरझिरे, र नागिन लागयतका पटका छन् । प्रहरीले विस्फोटक पदार्थ नियन्त्रणमा लिन अघि ट्याक्टर चालक फरार भएका थिए ।
बिस्फोटक पदार्थ ल्याउने कार्यमा संलग्न चालकलाई खोजी कार्य भइरहेको छ । चालक फरार भएपनि यातायात कार्यालयबाट सबारी धनी पत्ता लगाउने कार्य भईरहेकाले चालक र तस्कर चाडै पत्ता लाग्ने प्रहरीले जनाएको छ ।
पाल्पामा गएराती तीन अज्ञात हतियारधारीले महिलालाई आफ्नो नियन्त्रणमा लिएर साढे १२ रुपैयाँ भन्दा बढिको धनमाल लुटपाट गरेका छन् ।
प्रहरीले मोरङको रंगेलीबाट शारिरीक र मानसिक रुपमा फरक क्षमता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।
सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट कार्तिक २७ गते एपीएफ टोलीले नक्कली नोट छाप्दै गरेका तिन जनालाई रंगेहात पक्राउ गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit