Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

विजय र संगमको मृत्यु दुर्घटना कि हत्या? अनुसन्धानगर्दै नवलपुर प्रहरी 

नवलपुर प्रहरीले बुधबार जयश्री खोलाको बाँधमा फेला पारेको एकै घरका दाजुभाईको शवका सम्बन्धमा बिस्तृत अनुसन्धान थालेको छ । 

जिल्ला प्रहरी कार्यालय सुस्तापूर्व र इप्रका गैडाकोटका प्रहरी अधिकारीहरु घटना दुर्घटना हो वा नियोजित हत्या भन्ने बिषयको खोजीमा जुटेका हुन् । दुबै मृत्तकको शवको पोष्टमार्टमपछि अनुसन्धानले एउटा बाटो पहिल्याउने प्रहरी अधिकारीहरुको भनाई छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए। उनका अनुसार बाँधको छेउमा दुबैले लुगा र चप्पल राखेका छन् ।

‘पोष्टमार्टम रिर्पोट नआउदाँसम्म केही भन्न सकिदैन,’ एसपी मल्लले भने, ‘दुबैले बोक्ने मोबाइल घरमै छाडेको अवस्था छ, हामी बिस्तृत अनुसन्धान गरिरहेका छौं ।’

एसपी मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो।

दुई दिनदेखि हराइरहेका उनीहरूको खोजी गर्ने क्रममा मृतावस्थामा फेला परेको एसपी मल्लले बताए। 

मृत्युको कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ। 

दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो। 

प्रतिक्रिया

1
  • Ktujdh

    फाल्गुण २, २०७८

    buy tadalafil 5mg online cheap - cialis 20mg ca tadalafil 10mg canada

प्रतिकृया थप्नुहोस्
  • Ktujdh

    फाल्गुण २, २०७८

    buy tadalafil 5mg online cheap - cialis 20mg ca tadalafil 10mg canada

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

पाँच लाख रुपैयाँ दिएर बलात्कार गाउँमै ‘रफादफा’, पीडित प्रहरीमा पुगेपछि खुल्यो रहस्य 

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार अनुसन्धानकाक्रममा पीडितलाई पाँच लाख रुपैयाँ दिएर घटना सामसुम बनाउने समुहको पत्ता लागेको बताउछन् । उनका अनुस...

कार्तिक २०, २०७७