Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट सरकारद्धारा ‘रिजेक्ट’

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले राजनीतिक पूर्वाग्रह राखेर रिपोर्ट तयार पारेको भन्दै सरकारले अस्वीकार गरेको छ ।


ट्रान्सपरेन्सी इन्टरनेशनलले केही दिनअघि सार्वजनिक गरेको रिपोर्ट तथ्यहिन र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै सरकारले अस्वीकार गरेको हो । 


नेपालमा भ्रष्टाचार बढ्दै गएको भन्ने ट्रान्सपरेन्सीको रिपोर्ट कुनैपनि तथ्यबाट प्रमाणित नहुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले दाबी गरे । 


ट्रान्सपरेन्सी इन्टरनेशनलले नै सन् २०१८ मा भन्दा २०१९ मा नेपालको अवस्थामा सुधार भएको रिपोर्ट सार्वजनिक गरेको उल्लेख गर्दै उहाँले भ्रष्टाचार विरुद्धमा लागेको सरकार र प्रधानमन्त्रीले नै भ्रष्टाचारीको संरक्षण गर्ने आधार के भन्दै प्रश्न गरे । 


उनले भने, ‘भ्रष्टाचारको विरुद्धमा लागेको सरकार र प्रधानमन्त्री नै भ्रष्टाचार गर्नेलाई प्रधानमन्त्रीले संरक्षण गरे भन्ने आधार के ? प्रमाणित कसरी हुन्छ ? यो तथ्यहिन र राष्टनीतिक पूर्वाग्रहबाट भएको हो भन्ने देखिन्छ ।’

 

ट्रान्सपरेन्सी इन्टरनेशनले सार्वजनिक गरेको प्रतिवेदनमा भ्रष्टाचारका काण्डमा प्रधानमन्त्रीले संरक्षण गरेको आशय व्यक्त गरेको थियो ।

 

८४ प्रतिशत उत्तरदाताले विकासको काममा भ्रस्टाचार बाधक  रहेको देखाउनुले पनि नेपाली जनता भ्रस्टाचारप्रति सचेत र जानकार छन् भन्ने देखाएको उनले बताए ।
नेपालमा झण्डै तीन करोडमा १ हजारलाई टेलिफोनबाट जिज्ञासा लिएको छ । ती भनेको सरकारको विरुद्धमा, सरकारको प्रगति नचाहाने, सरकार विरोधी गतिविधिमा लागेका व्यक्तिहरुबाट लिएको छ ।

 

६२ प्रतिशत उत्तरदाताले सरकारको भ्रस्टाचार नियन्त्रण गर्ने निकायहरुको प्रभावकारी तर अभियानमा राम्रो कदम लिएको भन्ने उल्लेख छ मन्त्री गुरुङले भने । 

 

सरकार विरुद्धका मिसनका रुपमा लागेर नेपाली जनता र सरकारलाई बदनाम गर्ने र सरकारप्रति वितृष्णा फैलाउने काम भएको मन्त्री गुरुङको दाबी थियो । 

 

ट्रान्सपरेन्सीको नेतृत्वकर्ता नै फरक राजनीतिक पृष्ठभूमि र राजनीतिक ब्राण्ड भएको व्यक्ति भएकालेपनि प्रतिवेदनमा शंका गर्ने ठाउँ रहेको उनको बुझाई थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै