Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा, प्रतिवादी संख्या घटबढ हुनसक्ने 

ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ । 

 

केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो । 

 

ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले ३ सय जना भन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ । 

 


जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको बताए  । उनले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडी बढाउने बताए । 

 

उनले भने, ‘भर्खरै यहाँ मिसिल प्रहरीले बुझाउँदै छ । दर्ता गरेर अध्ययनका लागि हामीले मान्छेहरु डिर्पोट गर्छौ । सरकारी वकिल तोक्छौँ । त्यसपछि सरकारी वकिलहरुले अध्ययन गर्नुहुन्छ । अध्ययन गरेपछि अनुसन्धान पुरा भएको अवस्था भयो भने चाहीँ मुद्दा चल्ने, नचल्ने निर्णय हुन्छ । चल्ने निर्णय भयो भने अभियोगपत्र तयार भएर अदालत जान्छ ।’


उनले प्रहरीले जति जनालाई प्रतिवादी बनाएको भएपनि सरकारी वकिल कार्यालयले अध्ययन गरिसकेपछि प्रतिवादी घटबढ् हुनसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै