Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

पैदलयात्रीलाई ठक्कर दिई फरार बस चालक पक्राउ

चन्द्रागिरी नगरपालिका-६ माहादेबस्थान बस्ने बाजुरा घर भएका २५ वर्षीय नबिन लोहारलाई ठक्कर दिई फरार भएका ना.५ ख ८४७४ नम्बर बस चालक सर्लाही हरिवन नगरपालिका-८ घर भएका ३४ वर्षीय सुनिल श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।


चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित सडकमा मंगलबार बिहान तरकारी बोकी बोटो काट्दै गरेका लोहारलाई ठक्कर दिँई फरार रहेका उनलाई अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको समन्वयमा काठमाडौं महानगरपालिका-३१ पेप्सीकोलाबाट उक्त बस सहित सुनिललाई पक्राउ गरेको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका लोहारको ओमसमाज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।


उनी उपर सवारी तथा यातातात व्यवस्था ऐन, २०४९ बमोजिम अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

प्रतिक्रिया

1
  • Yytasi

    फाल्गुण २, २०७८

    tadalafil 10mg canada - cialis 40mg oral buy cialis 10mg without prescription

प्रतिकृया थप्नुहोस्
  • Yytasi

    फाल्गुण २, २०७८

    tadalafil 10mg canada - cialis 40mg oral buy cialis 10mg without prescription

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

दाङमा बोक्सीको आरोपमा महिला माथी हातपात, दुई महिला एक पुरुष पक्राउ

प्रहरीले बोक्सीको आरोपमा महिलालाई गालीगलौज गरेको आरोपमा दुई फरक घटनामा संलग्न ३ आरोपीलाई पक्राउ गरेको छ ।

कार्तिक २६, २०७७

२३ वर्ष अघि ‘मित्रवध’ गरेर फरार थिए ध्रुब , अन्ततः परे सीआइबीको फन्दामा

आफ्नै सहकर्मी साथीको हत्या गरेर प्रहरीसँग २३ वर्षसम्म लुक्न सफल भएका एकजना अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ । 

कार्तिक २६, २०७७

गुलाबसा हत्या प्रकरणः साथीको हत्या गरेर धरौटीमा रिहा भएका थिए आरोपी साह

प्रहरीले ६ वर्षीय अवोध बालिका गुलाबसा खातुनको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरेका महोत्तरीका अरुणकुमार साह ६ महिना अघि आफ्नै छिमेकीको हत्या आरोपमा पक्राउ परेका अभ...

कार्तिक २६, २०७७