
आफ्नै सहकर्मी साथीको हत्या गरेर प्रहरीसँग २३ वर्षसम्म लुक्न सफल भएका एकजना अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ ।
सीआइबीले १६ कात्तिक २०५४ मा काठमाडौं जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजिक भएको श्याम खड्का हत्याका मुख्य अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ध्रुब भन्ने मानकाजी श्रेष्ठ रहेका छन् ।
ब्युरोको अनुसार आपसी रिसिइवीका कारण मानकाजीले श्यामको हत्या गरेका थिए । उनी बिरुद्ध काठमाण्डौं जिल्ला अदालत काठमाण्डौंले २८ कात्तिक २०५४ मा वारेण्ट समेत जारी गरेको थियो । त्यसयता उनी भाग्दै र लुक्दै तथा परिचय बदलेर बसेका थिए ।
ब्युरोको टोलीले १९ कात्तिकमा ललितपुर महानगरपालिका–५ थसीखेलबाट पक्राउ गरी अदालतमा दाखिला गरेका हो ।
लागू औषध नियन्त्रण ब्यूरोको नेपालगञ्ज स्यालाइटले १० किलो ४०० ग्राम अफिम सहित जाजरकोट जुनीचाँदेका तिलकबहादुर शाहीलाई बिहीबार पक्राउ गरेको छ ।
प्रहरीले केही दिनअघि नियन्त्रणमा लिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताका साथबाट नेपाली सेनाको युद्ध भैरब गणसँग सम्बन्धित महत्वपूर्ण...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit