
सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीको कोभिड–१९ संक्रमणका कारण सोमबार राती निधन भएको छ ।
कोभिड–१९ संक्रमणपछि भेन्टिलेटरमा राखेर बिराटनगरस्थित बिराट मेडिकल कलेजमा उपचार गराइरहेका उनको सोमबार राती सवा ११ बजे मृत्यु भएको हो ।
सशस्त्र प्रहरीमा २०६७ चैत्रमा सेवा प्रवेश गरेका नवीनको सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा दरबन्दी थियो । त्यही कार्यरत रहँदा उनमा २७ असोजमा संक्रमण पुष्टि
भएको थियो ।
तेह्थुमको म्याग्लुङ नगरपालिका–१ स्थायी ठेगाना भएका नवीन फौजमा इमन्दार, मिलसार र मेहनती प्रहरी अधिकारीका रुपमा परिचित थिए ।
सशस्त्र प्रहरी प्रवक्ता डीआइजी राजु अर्यालले मृत्तक बुढाथोकीका आजै दाहसंस्कार गरिने बताए । बुढाथोकी अविवाहित थिए ।
उनका अनुसार हालसम्म सशस्त्र प्रहरीका तीनजना अधिकृत तथा जवानको डिउटीकाक्रममा संक्रमणबाट मृत्यु भइसकेको छ ।
कोरोना भाइरस संक्रमणले निम्ताएको महामारीका बिच सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल फौजको मनोबल बढाउन लगातार आफ्ना इकाईहरुको निरीक्षण भ्रमणमा जुटेका छन् ।
नेपाली सेनाले दक्षिण सुडानको अनमिस मिशनमा रहेको टोलीलाई बदली गर्नका लागि लेफ्टिनेन्ट कर्णेल सुशिल प्याकुरेलको नेतृत्वमा नयाँ टोली पठाएको छ ।
गृह मन्त्रालयले ३३ जना वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit