Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

३३ एसएसपीको सरुवा , काठमाडौंमा सिंह ललितपुरमा बज्राचार्य (सूची सहित)

महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरमा सरुवा भएका एसएसपीद्वय अशोक सिंह र किरण बज्राचार्य ।

गृह मन्त्रालयले ३३ जना वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । 


गृहमन्त्री रामबहादुर थापाले ५ मंसिरमा मन्त्रीस्तरीय निर्णयगर्दै ७ मंसिरबाट लागू हुनेगरि महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंह, ललितपुर परिसरमा किरण बज्राचार्य र त्रिभुवन अन्तर्राष्टिय विमानस्थल सुरक्षा गार्ड प्रमुखमा राजेशनाथ बास्तोलाको सरुवा गरेका हुन् ।


यसअघि काठमाडौं परिसर प्रमुख रहेका श्यामलाल ज्ञवालीलाई समयावधी .नपुग्दै तानिएको हो । उनको कार्यक्षमताका बिषयमा गृहमन्त्री थापा र गृहसचिव महेश्वर न्यौपाने सूरुदेखि नै असन्तुष्ट थिए ।

सहोदर दाई तत्कालिन महानिरीक्षक ठाकुर ज्ञवालीको एकल जोडबलमा उनको काठमाडौं परिसरमा सरुवा भएको थियो । एसएसपी  श्यामलाल ज्ञवालीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । 


सरुवा हुनेहरुमा एसएसपी सन्दिप भण्डारी महानगरीय प्रहरी कार्यालय आएका छन् । भावी महानिरीक्षकका रुपमा हेरिएका भण्डारीको महानगरीय प्रहरी कार्यालयमा सरुवा भएको हो । 


हेरौं सूचीः

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

अमेरिकाले दियो विपद् सहयोगी अत्याधुनिक सैनिक सामाग्री 

अमेरिकाले नेपाली सेनालाई बाढी, नदी तथा ताल–तलैयामा फसेकाहरुको उद्दारमा अति उपयोगी १० थान अत्याधुनिक डुङगा सहयोग गरेको छ । 

मङ्सिर ६, २०७७

नाकाबन्दीमा ‘तस्करको स्वर्ग’ बनेको पर्साको ठोरीमा सशस्त्रका ३ बोर्डर आउट पोष्ट

सशस्त्र प्रहरी बलले पर्सामा हुने अवैध ओसारपसारको मुख्य केन्द्र मानिने ठोरीमा बोर्डर आउट पोष्ट स्थापना गरेको छ । ऐतिहासिक यो क्षेत्र भारतले नेपालमा चारवर्ष अघि लगाएको अघोष...

मङ्सिर ६, २०७७

भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे अब नेपालका मानार्थ महारथी

रााष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल एम एम नरवणेलाई बिहीबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा नेपाली सेनाको मानार...

मङ्सिर ६, २०७७