Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

लिविया गयो मेजर हिमाचल जंग शाहको नेतृत्वमा ११३ जनाको स्पेशल गार्ड युनिट 

शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको स्पेशल मिलिट्री इन लिबियाका लागि दोस्रो टोली मेजर  हिमाचल जंग शाहको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको छ ।  


लिवियाबाट मेजर  राजेश रानाको कमाण्डमा ११२ जना शान्ति सैनिकहरु शनिबार नेपाल आउने छन् । जम्मा २२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिशनको लागी १५ र १६मंसिरमा ११५ जना शान्ति सैनिकहरुको बदली भएको थियो । 


कोभिड–१९महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरीएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै