
मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बाग्मतीमा तीन वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको छ । बुधबार दिंउसोदेखी हराइरहेकी बालिका बिहीबार रक्ताम्य अवस्थामा स्थानीय खोल्सामा भेटिएकी हुन् ।
वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। उनको शरीरभरि रगत लत्पतिएका कारण बलात्कारपछि ढुङ्गाले हानेर वीभत्स हत्या गरेको हुन सक्नेतर्फ अनुसन्धान शुरु गरिएको
प्रहरीले जनाएको छ।
उनलाई गम्भीर घाइते बनाइएको अवस्थामा बुधबार साँझ फेला पारिएको र उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।हाल प्रवक्ता रानासहितको प्रहरी टोली घटनास्थलमा रहेको छ भने प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई पुरुषलाई पक्राउ गरेको जनाएको छ ।
बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन्।उनलाई स्थानीय खोल्साको किनारमा रक्ताम्य अवस्थामा फेला पारिएको थियो।बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ।
मादक पदार्थ सेवन गरेर छिमेकीलाई लागी गलौजगर्दा एकजना युवाले ज्यान गुमाएका छन् । उनको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-६ माईस्थान बस्ने ५८ वर्षीय सत्य नाराणप्रसाद रौनियारलाई काठमाडौं रातोपुलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च अदालतले ठगीको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका सुधीर बस्नेतका पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit