Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

मापसे गरेर गालीगलौज गर्दा गयो ज्यान 

रौतहट प्रहरीले पक्राउ गरेका अमिरी र बिन्द पासवान ।

मादक पदार्थ सेवन गरेर छिमेकीलाई लागी गलौजगर्दा एकजना युवाले ज्यान गुमाएका छन् । उनको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको छ । 

 

रौतहट वृन्दावन नगरपालिका–७ सखुवा धमौरा बस्ने १९ वर्षीय  विकास पासवानले अत्याधिक मादक पदार्थ सेवन गरेर घरफर्कदै गर्दा बाटोमा छिमेकी अमिरी पासवानलाई गाली गलौज गरेका थिए । 


आवेशमा आएका अमिरीले उनीसँग बादविवाद गरे । यसैबिच नजिक रहेका बिन्द पासवान समेत आए । दुबैले विकासलाई कुटपीट गर्दा उनी लडे ।  धकेल्दा लडेर टाउँकोमा चोट लागेका विकासको  उपचारका लागि गरुडा स्थित सिटि अस्पतालमा गएराती मृत्यु भएको हो । 


तत्काल ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्षाहाबाट खटिएको प्रहरी टोलीले विकास पासवान कुटपीटमा संलग्न अमिरी पासवान र  बिन्द पासवानलाई पक्राउ गरेको हो । 


जिल्ला प्रहरी कार्यालय रौतहट समेतबाट प्रहरी टोली खटीएर घटनास्थल पुगी अनुसन्धान गरी शव  पोष्टमार्टमका लागी गौरमा राखिएको छ । 


घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धीविक्रम शाहले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

एक प्रहरी जवान: जसले दुबै मृगौला गुमाएर पनि दुई महानिरीक्षक बिरुद्ध मुद्दा जिते

प्रहरी संगठनमा वर्षेनी हजारौं प्रहरी अधिकृत र जवान उपर विभागिय कारवाही भइरहेको हुन्छ । फौजी संगठनमा अनुशासन र आचरणलाई कडिकडाउका साथ पालना गराउन यो आवश्यक पनि छ । तर कति...

मङ्सिर ९, २०७७

स्याङजामा एकै दिन समातिए १११ जना जघन्य अपराधका फरार अभियुक्त

स्याङजा प्रहरीले एकैदिन एकसय ११ जना विभिन्न जघन्य अपराधका अभियुक्तलाई पक्राउ गरेको छ । 

मङ्सिर ९, २०७७

कौडा दाउ हान्दाहान्दै मध्यरातमा दिक्तेलको एउटा खालमा जव प्रहरी पुग्यो....

पक्राउ पर्नेमा स्थानिय  सुजन ताम्रकार, युधिर शाक्य,  दिनेशकुमार केसी र  बिनोद उदास रहेका छन् । 

मङ्सिर ९, २०७७