Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

‘हामी यहाँ छौं’ भन्दै माइतीघरमा दाहाल–नेपाल समूहको आन्दोलन

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले माईतीघर मण्डलाबाट संसद विघटन विरुद्धको आन्दोलन शुरु गरेको छ ।

 

 

शुक्रबारको प्रदर्शनमा अध्यक्षद्वय दाहाल र नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, विघटित प्रतिनिधि सभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरु लगायतका नेता कार्यकर्ताहरु उपस्थित थिए । 

 

 

‘प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित नेताहरु उपस्थित भएका छन् । विरोध प्रदर्शनमा नेता कार्यकर्ताले नाराबाजी समेत गरेका थिए । 

 

दाहाल–नेपाल समूहको बिहिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । शुक्रबार नै दिउँसो २ बजे अध्यक्षद्धय दाहाल र नेपालले पत्रकार सम्मेलन गर्दै छन् ।

 

यस्तै, दाहाल–नेपाल समूह सरकारको विरोध गर्दै माइतीघर मण्डलाबाट जमलस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेको छ । आफूहरुको समूह नै आधिकारिक नेकपा भएको दाबी गर्न उनीहरु आयोगमा गएका हुन् ।

 

प्रतिक्रिया

104
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै