Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

म सभापतिको नेचुरल क्यान्डिडेट हुँ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताएका छन् ।

 

सोमबार काठमाण्डौको रामशाहपथस्थित एक पार्टी प्यालेसलाई आफ्नो सम्पर्क कार्यालय संचालन गरेका नेता सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताएका छन् । उनले आफू प्राकृतिक उम्मेदवार भएको कारण  पार्टीमा सभापति बन्ने पालो आएको बताएका छन् ।  

 

उनले आफूले पाएको अनुभवबाट पार्टीलाई सुदृढ, संस्थागत, विधि, नियमसम्मत तरिकाबाट अघि बढाउन र पार्टीमा आउने दिनका समस्याहरुलाई विधिवत तरिकाबाट सामना गर्न सक्ने सक्षम पार्टी आफू नेतृत्वमा पुगेपछि बनाउने दाबी गरेका छन् ।

 

‘म नेचुरल क्यान्डिडेट हुँ, म अर्डिनरी वर्करदेखि लिएर विभिन्न पदमा बसेर, लामो समयसम्म पार्टीको विभिन्न जिम्मेवारी बहन गरिसकेको छु । मेरो लामो अनुभव भएको कारणले गर्दा र म पार्टीको केन्द्रिय उपसभापति र महामन्त्री भइसकेकोले अब टाइम आएको छ, मैले प्राप्त गरेको जुन अनुभवहरु यो पार्टीलाई अनुभवबाट पार्टीलाई सुदृढ, संस्थागत, विधि, नियमसम्मत तरिकाबाट अघि बढाउन र पार्टीमा आउने दिनका समस्याहरुलाई विधिवत तरिकाबाट सामना गर्न सक्ने सक्षम पार्टीको रुपमा मेरो अनुभवबाट सबैलाई मिलाएर पार्टीलाई अघि बढाउने क्षमता भएको हुनाले मेरो नाममा सहमति आउँछ जस्तो लाग्छ’ उनले भने ।

 

उनले संस्थापनइतरबाट पार्टी नेतृत्वको साझा उम्मेदवारीका लागि धेरै पटक बैठक बसेको र आज पनि छलफल गरेर निर्णयमा पुग्ने बताएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै