
काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)को मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आरोप लगाएको बताएका छन् ।
यसअघि आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग कहिल्यै संगत नगरेको स्थापितले दाबी गरे ।
मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर–१० मा आयोजित चुनावी अन्तर्कियामा बोल्दै उनले आफू महिलामैत्री भएको दाबी गरे । तर, महिलामाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उनले जिकिर गरे ।
स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा
महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको पनि बताए ।
मेयर हुँदा पुरुष कर्मचारीले रेष्टुरेन्टमा भेटेर लेनदेनको आधारमा काम गरेको आफूले पाए पनि महिलाले त्यसो नगरेकाले उनीहरुमाथि आफूले सधैं सम्मान गर्ने गरेको स्थापितको भनाइ छ।
स्थापितले आफूले महिलाहरुको सधैं सम्मान गर्ने तर त्यसैलाई लिएर आरोपित भइरहन जरुरी नभएको स्थापितले बताए ।
स्थापितले आफू महिला हिंसा विरोधी भएकाले उनीहरुमाथि आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit