
प्रहरीले ललितपुरको इमाडोल खरीबोटबाट करिब एकमहिना अघि चोरी भएको ट्रक नवलपरासीमा फेला पारेको छ ।
महानगरीय प्रहरी प्रभाग इमाडोलले २७ असोजमा हराएको ट्रक बिहीवार गाडीधनी लक्ष्मण श्रेष्ठलाई हस्तानान्तरण गरेको हो ।
प्रभाग प्रमुख प्रहरी निरीक्षक विजय तिमिलसीनाका अनुसार २७ असोजको राती रोकिराखेको महिन्द्राको मिनि ट्रिपर अज्ञात समुहले चोरी गरेको थियो । गाडी धनी श्रेष्ठले दिएको जाहेरीपछि प्रभागले यसको जानकारी देशभरका प्रहरी इकाईमा गरेको थियो ।
‘इप्रका सेमरी, पश्चिम नवलपरासीबाट हामीले टिपाएको विवरण र नम्बरको ट्रक बेवारिसे रहेको जानकारीपछि यहाँ ल्याएका हौं,’ प्रनि तिमिलसीनाले पर्दाफाससँग भने । उनका अनुसार प्रभागबाट खटिएका दुई प्रहरी अधिकारीलाई थप अनुसन्धानका साथै ट्रक ल्याउन नवलपरासी पठाइएको थियो ।
बा ३ ख ८१९४ नम्बरको ट्रकलाई चोरी गर्ने समुहले अगाडीको आठ नम्बर मेटेर बा ३ ख १९४ बनाएर चलाएक थिए । कसले चोरी गरेर नवलपरासी लगेको थियो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रभागले जनाएको छ ।
हुण्डीको नगद र तस्करीको सुनको गहनासहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले एकजना कुख्यात लुटेरालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको छ ।
‘यी दुईका सहयोगी र यो घटना भइरहेको मिति समेत विविध बिषयको अनुसन्धान सुरु भएको छ,’ एसपी पाण्डेले पर्दाफाससँग भने, ‘निगमकै कर्मचारी र टंयाक्र धनी समेतको संलग्नताको आशंका गर...
सर्वोच्च अदालतले ठगीको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका सुधीर बस्नेतका पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit