Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

इन्टेग्रीटी आईकन २०२० का पाँच जना सार्वजनिक


अकाउन्टविलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टेग्रीटी आईकन २०२० सार्वजनिक गरेको छ । देशभरबाट प्राप्त १ हजार ५०२ मनोनयनबाट आरती थारु, दीपक ज्ञवाली, हेमबहादुर आले मगर, मञ्जु महत र डा. नवीनबन्धु पहाडीलाई निर्णायक समितिले छनोट गरेको छ । 

 

 

थारु नेपालगञ्ज स्वास्थ्यचौकीकी जनस्वास्थ्यनिरीक्षक, ज्ञवाली लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख, आले मगर कृषि ज्ञान केन्द्र, ओखलढुंगाका बाली संरक्षण अधिकृत हुन् ।

 

 

महत अछामको मंगलसेन नगरपालिकास्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको अधिकृत र डा. पहाडी धादिङको नीलकण्ठ उच्च माध्यामिक विद्यालयका शिक्षक हुन् ।

 

 

इन्टेग्रीटी आईकन सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थालिएको खुला अभियान हो । ७ वर्ष अगाडि नेपालबाट सुरु भएको अभियान हाल विश्वका १२ मुलुकमा पुगिसकेको उक्त संस्थाले जनाएको छ ।

 

 

उनीहरुलाई माघ ९ गते भर्चुअल माध्यमबाट सम्मान गरिने संस्थाले जानकारी दिएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै