
पछिल्लो समय तीन हप्ता लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक वृद्धि भएको छ ।
मंगलबार नेप्से परिसूचक ३९.९३ अंक बढेर १९२४.७४ बिन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.९ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९२ अंकले बढेको छ ।
मंगलबार कारोबारमा आएका २३१ कम्पनीको ३७ लाख ६५ हजार कित्ता शेयर १ अर्ब २५ करोड ३७ लाख ५७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
नेप्से परिसूचक वृद्धि भए पनि मंगलबार कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही घटेको छ । अघिल्लो कारोबार दिन १ अर्ब ७५ करोडको शेयर कारोबार भएको थियो ।
मंगलवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.८९ प्रतिशत बढेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।
मंगलवार ३ वटा कम्पनीको शेयर मूल्य शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आँधीखोला लघुवित्त, सिवाईसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबार रकमका आधारमा ११ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ ।
कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु. ८६ करोड ३६ लाख ८२ हजार ७७५ बराबरको कारोबार भयो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit