Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

देउवाले प्रधानमन्त्री बन्न किर्ते नाम लिए राष्ट्रपतिकोमा गए : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार माथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताएका छन् । आइतबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उनले गरेका काममाथि कुनै उजुरी नलाग्ने बताएका हुन् । 

 

राष्ट्रपतिले गरेको निर्णय विरुद्ध मोर्चाबन्दी गरेर मुद्दा हाल्ने प्रयास भइरहेको खबर आफूले सुनेको भन्दै ओलीले जति जनाले मुद्दा राखे पनि त्यसको अर्थ नरहने बताए ।  नेपाली कांग्रेसका सभापति देउवाले आफु प्रधानमन्त्री बन्न अरु दलका सांसदहरुको र्किते हस्ताक्षर गरेर लगेको दाबी प्रधानमन्त्री ओलीले गरे ।

 

‘किर्ते नाम लिएर राष्ट्रपतिकोमा जानु, प्रधानमन्त्री बन्नका लागि अरु पार्टी बागी विद्रोही सृजना गर्नु । नेकपा एमालेका केही मानिसहरुलाई उकासेर । धेरैले आफूले हस्ताक्षर नगरेको भनेर विज्ञप्ति निकालेका छन् । लोकतन्त्र भनेको अनुशासित प्रणाली हो । अराजकता होइन,’ उनले भने । 

 

संसदीय गणितमा फोहरी खेल भएको र सांसदह किन्ने र विक्री हुने प्रवृत्ति छताछुल्ल भएको हुँदा पनि आफू भने संसद विघटन नहोस् भनेर जसपाको र आफ्नो (नेकपा एमालेको) पत्र लिएर प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपतिकोमा पुगेको बताए । 

 

उनले लोकतान्त्रिक व्यवस्थामा दलीय अनुशासन हुनुपर्ने भन्दै दलीय अनुशासन भन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिलाई गलत दिशातिर मोड्ने काम कसैले नगर्न आग्रह गरे । एक दैनिक पत्रिकामा छापिएको कार्टुनप्रति असन्तुष्टि जनाउदै प्रेत भइसकेको राजसंस्थाको खल्तीमा गणतन्त्रको प्रतिकको रुपमा रहेको संस्थालाई राख्ने काम गरिएको बताए । 

 

उनले केही मिडियाले सरकारविरुद्ध मिसन पत्रकारिता नै सञ्चालन गरेको दाबी गरे । प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिलाई प्रदूषित गर्ने खेल भइरहेको बताए । उनले लोकतान्त्रिक प्रणालीका मूल्यमान्यता र प्रक्रियाबाट राजनीतिलाई पथभ्रष्ट बनाउने र अलोकतान्त्रिक प्रक्रियाबाट राजनीतिको छिनोफानो हुनुपर्छ भन्ने अराजकतावादी सोचहरु हावी हुदै गएको र सरकार त्यस किसिमका अलोकतान्त्रिक गतिविधिसंग लडिरहेको स्पष्ट पारे । 

 

उनले नेपाली कांग्रेस उत्तेजना र आवेशमा प्रचण्डपथमा, प्रचण्डलाई गुरु मानेर अघि बढेको भन्दै आवेश र उत्तेजनाको राजनीतिक नगर्न सभापति देउवालाई सुझाव दिए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

चीनका रक्षामन्त्री वेइ फेङहे काठमाडौंमा, सूचनाको आदानप्रदान र  सैन्य सहकार्य मुख्य एजेण्डा

नेपालको आठघण्टे कार्यगत भ्रमणका लागि काठमाडौंमा रहेका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर  वेइ फेङहे का मुख्य एजेण्डामा कानून कार्यन्वयन गर्ने दुबै देशका निकायबिच सूचन...

जेठ ९, २०७८