
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेको बताएका छन् ।
शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नर्वाचन जित्ने हो भने सिंगो पार्टी एकताबद्ध हुनुपर्ने आवश्यक रहेको औंल्याए ।
कम्युनिष्टहरुले अवसर पाउँदा पनि
सदुपयोग गर्न नसकेको सन्देश जनतामा लैजानुपर्ने सिंहले बताए । उनले यसअघि पनि कम्युनिष्टले जितेको बेला उनीहरुले अवसरको सदुपयोग गर्न नसकेको भन्दै यसपटक कांग्रेसलाई जिताउनुपर्ने बताए ।
काँग्रेस नेता सिंहले ओली नेतृत्वको सरकारले संविधानमाथि नै प्रहार गर्न थालेपछि पार्टी सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिन आफूहरुले अग्रसर गराएको पनि बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit