Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

फेरि प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डको चुनौती

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् । 

 

प्रतिनिधिसभाको बैठकमा शनिबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा दाहालले विगतमा माओवादीको सहयोग र मतले ओली प्रधानमन्त्री बनेको भन्दै आगामी निर्वाचनबाट एक्लै एमालेबाट प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन् ।

 

प्रचण्डले ओलीलाई चुनौती दिँदै भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि ।’

 

‘हाम्रो प्रतिपक्षी दलका नेता जसलाई मैले नै सहयोग गरेर माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री हुनुभएको हो उहाँ । एक्लै भएको छु भन्ने ठान्नुभएको छ भने त्यो भ्रम हटाइदिनुस्,’ उनले भने । 

 

‘पुनर्समीक्षमा जानुहुन्छ कि भनेको त उहाँ त खाली गाली र बदनामी गर्ने,’ प्रचण्डले भने, ‘मेरो दृष्टिमा आफ्नो अहंकार र दम्भबाट पछाडि हट्नुभएको छैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार सबै