Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

डीआईजी बढुवा निस्कँदै, यी हुन् बढुवा हुने ९ एसएसपी

सरकारले नेपाल प्रहरीमा रिक्त रहेको ९ डीआईजी पदका लागि बढुवाको तयारी थालेको छ । यसका लागि डीआईजी बढुवा समितिको बैठक बस्दै छ । 

 

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बढुवा समितिको बैठक बस्न लागेको हो । बढुवाका लागि आजै सिफारिस हुने जनाइएको छ ।

 

पर्दाफासलाई प्राप्त सूचीअनुसार आईजिपीको टोलीबाट एसएसपीहरु गणेशबहादुर ऐर, पुरूषोत्तम कँडेल, दिवेश लोहनी, रामकृपाल शाह र देवबहादुर बोहरा डीआईजी बन्ने पक्कापक्की जस्तै छ । यस्तै दोस्रो ब्याचबाट एसएसपीहरु प्रकाश अधिकारी, मुकुन्द आचार्य, सुशील यादव र पूजा सिंह पनि डीआईजी बन्ने प्रबल सम्भावना छ । 

 

बढुवाका अन्य प्रतिस्पर्धीहरुमा दिलिपकुमार चौधरी, राजेशकुमार लाल कर्ण, डा. देवबहादुर बोगटी, सौरभ राणा, उमेश रञ्जितकार छन् । यो टोली २०७४ साउन १९ मा एसएसपी बढुवा भएको हो । 

 

यस्तै, सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, विक्रम चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, शेखर कोइराला र प्रदिपकुमार श्रेष्ठको पनि दाबेदारी रहेको छ । यो समूह २०७५ जेठ ३ मा एसएसपी बढुवा भएको हो । 
 

२०५१ चैत ५ मा प्रहरी सेवामा प्रवेश गरेका सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, मीरा चौधरी, किरण बज्राचार्य, पोषराज पोखरेल, बसन्तबहादुर कुँवर, डा गणेश रेग्मी र रामदत्त जोशी पनि डीआइजी बढुवा दौडमा छन् । यो समूह २०७५ फागुन ६ मा एसएसपी बढुवा भएको हो । 

 

यसबाहेक २०७५ फागुन ६ मा एसएसपी बनेका दीपक थापा, टेकबहादुर तामाङ र भीमप्रसाद ढकालको पनि दाबेदारी छ । 
 

प्रतिक्रिया

97
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

वीरगञ्जमा बरामद सुनले बिहार निर्वाचनमा हल्लीखल्ली

पर्सा प्रहरीले कार्तिक १ मा वीरगञ्ज रेशमकाेटीस्थित श्री गणेश अपार्टमेन्टबाट बरामद गरेकाे अवैध २२ किलाे सुनकाे तार भारतीय जनता पार्टीका तर्फबाट विधानसभा निर्वाचनमा एनडिए प...

पुस १४, २०७७