Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

एआईजी पालद्वारा महानगरीय प्रहरी कार्यालय रानीपोखरी प्रमुखको पदभार ग्रहण

एआईजी हरिबहादुर पाललाई स्वागत गर्दै एआईजी विश्वराज पोखरेल ।

काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखमा सरुवा भएका प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई बिहीबार एक कार्यक्रमबीच स्वागत गरिएको छ । उक्त कार्यालयबाट सरुवा भएका प्रहरी अतिरीक्त महानिरीक्षक विश्वराज पोखरेल लगायतका प्रहरी कर्मचारीहरूले उनको स्वागत गरेका थिए ।

 

मन्त्रिपरिषद्को मंसिर २५ को निर्णयअनुसार एआईजी पालको उक्त कार्यालयमा सरुवा भएको थियो । उनी यसअघि प्रहरी प्रधान कार्यालयस्थित कार्य एवं अपराध अनुसन्धान बिभागमा कार्यरत थिए । स्वागत कार्यक्रममा सम्मान गारदले सलामी अर्पण गरे पश्वात पदभार ग्रहण गरी एआईजी पालले उपस्थित कर्मचारीहरूलाई निर्देशन सम्बोधन समेत गरे ।

 

सोही कार्यक्रममा प्रहरी प्रधान कार्यालयस्थित कार्य एवं अपराध अनुसन्धान बिभागमा सरूवा भई जान लागेका एआईजी पोखरेललाई कार्यालयको तर्फबाट कार्यालय प्रमुख पालले मायाको चिनो प्रदान गरी विदाई गरेका थिए । कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रत्यक्ष मातहतका कार्यालय प्रमुखहरू, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कार्मचारीहरु उपस्थित थिए । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै