Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

३५.५३ अंकले घट्यो नेप्से परिसूचक 

शेयर बजार मापक नेप्से परिसूचक मंगलवार पनि उच्च अंकले गिरावट आएको छ ।

 


साताको दोस्रो कारोबार मंगलबार नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ७.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले घटेको छ ।

 

मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३७ लाख ६९ हजार कित्ता शेयर १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको  खरिदबिक्री भएको छ । सोमबारको  तुलनामा मंगलवार कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियोे ।

 

मंगलबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचकमा गिरावट आएको  छ । जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशत घटेको छ ।  

 

बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । मंगलवार नेप्से परिसूचक गिरावट आए पनि उपकार लघुवित्तको शेयरमूल्य भने ८.२३ प्रतिशत बढेको छ ।

 

त्यसैगरी, एनएमबी ५० र सामलिङ पावर कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेण्ट बैंकको मूल्य  नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै एनएलजी इन्स्योरेन्सको शेयरमूल्य यस दिन ६.५० प्रतिशत घटेको छ ।

 

कर्पोरेट डेभलपमेण्ट बैंक, मल्टीपर्पस फाइनान्स र प्रभु इन्स्योरेन्स  शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा ५ करोड ३७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री गरेर एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ ।

 

नबिल बैंक र हिमालयन डिष्टिलरीको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै