Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सावित्री कंचनजंगा अगरबत्तीद्वारा रक्तदान कार्यक्रम

लकडाउन र निषेधाज्ञाकाबीच पनि रगतको अभाव हुन नदिन सावित्री कंचनजंगा अगरबत्तीले आफ्नै उद्योग परिसरमा विश्वकर्मा पूजाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

 

सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससंगको सहकार्यमा सावित्री कंचनजंगा अगरबत्तीले रक्तदाननै जीवनदान हो भनी यो कार्यक्रम गरेको हो । 

 

कोभिड–१९ को सङ्क्रमणको त्रास र जारी निषेधाज्ञाका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न आफ्नै कर्मचारीहरुको संलग्नतामा रक्तदान कार्यक्रम आयोजना गरेको हो । निषेधाज्ञाकाको अवस्था र कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गर्दै रक्तदान गरिएको थियो ।

 

उक्त रक्तदान कार्यक्रमबाट ३५ युनिटभन्दा बढी रगत संकलन भएको छ । सावित्री कंचनजंगा अगरबत्तीले समय–समयमा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै