Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

आज देखि सबै आन्तरिक उडान खुल्ने

आजदेखि सम्पूर्ण रुपमा आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का प्रवक्ता राजकुमार क्षेत्रीले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने बताए ।

 

यसअघि कोरोना महामारीको जोखिमका कारण उडान सङ्ख्याको ५० प्रतिशत मात्र उडान सञ्चालन गर्न अनुमति दिइएको थियो । यही असार १७ देखि आन्तरिक उडान सुरु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै