Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

काठमाडौंका मेयर साहले नेपालीसँगै नेपाल भाषामा लिए सपथ

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले नेपालीसँगै नेपाल भाषामा पनि सपथ लिएका छन् । 

 

सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रमाणपत्र वितरण तथा सपथ ग्रहण समारोहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुख साहलाई सपथग्रहण गराएका हुन् । उनले मुख्य निर्वाचन अधिकृत खतिवडाबाट नेपाली भाषामा सपथ लिए लगत्तै नेपाल भाषामा पनि सपथ लिएका थिए । 

 

त्यसैगरी उपप्रमुख सुनिता डंगोलले पनि पद तथा गोपनीयताको सपथ लिएकी छन् । उनलाई महानगरपालिका प्रमुख साहले सपथ ग्रहण गराएका हुन् । उपप्रमुख डंगोलले नेपाल भाषामा सपथ लिएकी थिइन् । 

 

त्यस्तै काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका वडाअध्यक्षहरु, नगरसभाका सदस्य तथा वडा सदस्यहरुलाई पनि प्रमुख साहले सपथ गराएका छन् । 

 

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जेठ २४ गते कार्यपालिकाको निर्वाचन हुने र सोमबार नै मतदाता नामावली प्रकाशन हुने जानकारी दिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै