Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

माओवादी केन्द्रको महाधिवेशन काठमाण्डौमा, प्रदेश इन्चार्ज र अध्यक्ष तोकियो

नेकपा(माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । 

 

नेकपा(माओवादी केन्द्र)को मंगलवार बसेको स्थायी कमिटी बैठकले पुष ११ गतेदेखि १३ गतेसम्म हुने पार्टीको राष्ट्रिय महाधिवेशन काठमाण्डौमा गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरुको सम्बन्धमा भने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेश भित्रका केन्द्रीय कमिटी सदस्यहरुसँग परामर्श गरेर टुंगो लगाउने निर्णय गरिएको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

 

उनले बैठकले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय भएको पनि जानकारी दिए । उनले बैठकमा एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमति कायम नभई र संशोधन तथा परिमार्जन नभई अगाडि नबढाउने कुरा भएको पनि बताए । 

 

‘एमसीसीको विषयमा बाहिर जुन कन्फ्युजन भएको छ तर हाम्रो पार्टीमा केही कुरा राष्ट्रिय सहमती कायम नभई केही संशोधन र परिमार्जन नभइकन अगाडी नबढाउने भन्ने कुरा भएको छ । एमसीसीको कतिपय कुराहरु आपत्तिजनक छन् । केही कुरा परिमार्जन नभइकन र राष्ट्रिय सहमति, सबै दलको सहमत नभइकन अगाडी बढ्दैन’ उनले भने ।

 


 न्यायालय भित्रको विवाद न्यायालय आफैँले टुंग्याउनुपर्ने पक्षमा उनको भनाई छ ।  

 

‘न्यायालयभित्र जुन अहिले धेरै तीव्र विवाद उठिराखेको छ, न्यायालय एउटा स्वतन्त्र संस्था हो । त्यस विषयमा अहिले हामी केही बोल्दैनौँ । न्यायालय आफैले टुंग्याओस् भन्नेमा छौँ’ उनले भने ।

 

 

उनले पाँच दलीय गठबन्धन समन्वय समिति सरकारलाई सहयोग गर्न र संविधानलाई ट्रयाकमा डोहो¥याउनको निम्ति आवश्यक रहेको उल्लेख गरे । सो समितिले पाँच दलीय गठबन्धनलाई सुदृढ गर्ने पनि बताए । 

प्रतिक्रिया

1
  • Zjgiaa

    फाल्गुण ३, २०७८

    tadalafil usa - tadalafil 40mg pill order generic tadalafil

प्रतिकृया थप्नुहोस्
  • Zjgiaa

    फाल्गुण ३, २०७८

    tadalafil usa - tadalafil 40mg pill order generic tadalafil

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै