Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

राष्ट्रसंघले गर्‍यो काबुल मस्जिदमा भएको आक्रमणको निन्दा 

संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित मस्जिदमा भएको आक्रमणको निन्दा गरेको छ ।

 

शुक्रबार काबुलस्थित एक मस्जिदमा ठूलो विष्फोट भएको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त विष्फोटमा परी ५० भन्दा धेरैको मृत्यु भएको छ ।

 

अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले भने यो घटनामा परी १० जनाको मृत्यु भएको बताएको छ । घटनामा थप १५ जना घाइते भएको तालिबानले बताएको छ । 

 


काबुलको पश्चिममा दारुलमान क्षेत्रमा अवस्थित खलिफा साहिब मस्जिदमा भएको विस्फोट राजधानी र प्रान्तहरुमा आम नागरिकलाई लक्षित गरी भएको पछिल्लो घटना हो । 

 


संयुक्त राष्ट्रसंघका अनुसार स्थानीय अस्पतालहरुले धेरै हताहतको आँकडा प्रस्तुत गरेका छन् । जसमा दर्जनौं मारिएका र घाइते भएका छन्  । ती मध्ये धेरै बालबालिका छन्।

 


अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ मानवीय संयोजक रमिज अलकबारोभले एक विज्ञप्ति जारी गर्दै काबुलमा भएको विष्फोटको निन्दा गरेका छन् । 

 


‘रमजानको पवित्र हप्ताको अन्तिम शुक्रबार भएको विष्फोट अफगानिस्तानका जनताका लागि अर्को पीडादायी प्रहार होजो निरन्तर असुरक्षा र हिंसाको सामना गरिरहेका छन्’, उनले भनेका छन् । 

 


‘आफ्नो दैनिक कामप्रार्थनाको लागि भेला हुने, विद्यालय वा बजार जाँदा वा कामको बाटोमा जाँदा नागरिकलाई अन्धाधुन्ध रूपमा निशाना बनाइनु अनुचित हो’, उनले थपे ।

 


बिहीबार, उत्तरी अफगानिस्तानको मजार–ए–शरीफ सहरमा दुईवटा मिनी बसमा भएका छुट्टाछुट्टै विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको थियो ।  

 


अलकबारोभले नागरिक र मस्जिदहरू लगायत नागरिक पूर्वाधारहरू विरुद्ध प्रत्यक्ष आक्रमण गर्न अन्तर्राष्ट्रिय मानवीय कानुनले कडा रूपमा निषेध गरेको पनि स्मरण गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै