Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

तालिबानी सरकार आएपछि अफगानिस्तानलाई ३ करोड २० लाख डलर सहयोग 

फाइल तस्बिर

अफगानिस्तानले मंगलबार मानवीय सहायतास्वरुप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ ।

 

 

अफगानिस्तानको केन्द्रीय बैंकले मंगलबार सो जानकारी दिएको छ । तालिबानी शासन सुरु भएपछि आफगानिस्तानलाई विदेशी दाता संस्था तथा देशहरुले सहयोग गरिरहेका छन् ।

 

 

अफगानिस्तानलाई खाद्यान्न औषधी तथा अन्य आवश्यक सहयोग जारी रहेको र मंगलबार मात्र ३ करोड २० लाख अमेरिकी डलर बराबरको रकम सहयोग प्राप्त भएको सो बैंकले जानकारी दिएको छ ।

 

 

अफगानिस्तानका लागि विभिन्न देश र संस्थाहरुले सहयोग गरिरहेकामा मंगलबार पनि सो सहयोग आएको अफगानिस्तानको केन्द्रीय बैंकले एक  विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ । सो बैंकले उक्त सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगका लागि आग्रह गरेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै