Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

बुचा नरसंहारबारे रुसमाथि उठ्यो प्रश्न, सुरक्षा परिषदको बैठक बोलाउन माग 

युक्रेनले राजधानी सहर किभनजिकैको बुचामा रुसले नरसंहार गरेको आरोप लगाएको छ । यद्यपि रुसले भने नरसंहारमा आफ्नो भूमिका नरहेको दाबी गर्दै आएको छ ।

 

रुसले यस विषयमा राष्ट्रसंघको सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेको छ । 

 

रुसले बुचाबाट आफ्ना सेना मार्च ३० मा नै फिर्ता आएको र यस किसिमको आरोप लगाउनु रुसलाई भड्काउने प्रयास भएको आरोप लगाएको छ। 

 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले बुचाको तस्वीरले आफू मर्माहत भएको भन्दै यस विषयमा स्वतन्त्र जाँच हुनु आवश्यक रहेको उल्लेख गरेका छन्। 

 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुचा र युक्रेनका अन्य सहरमा रुसी सेनाले कथित अत्याचारको आफूहरुले निन्दा गर्ने बताएका छन् । उनले यस मामिलामा जवाफदेहिताको लागि सकेसम्मको स्रोत प्रयोग गरिने उल्लेख गरेका छन्। 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै