Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

अनौपचारिक क्षेत्रलाई सरकारले सामाजिक सुरक्षा दिन चाहेनः जिफन्ट

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा भत्ता दिन सरकारले नचाहेको आरोप लगाएको छ ।  

 


अन्तर्राष्ट्रिय श्रमिक दिवसको अघिल्लो दिन जिफन्टले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आरोप लगाएको हो । अनौपचारिक क्षेत्रमा पनि सामाजिक सुरक्षा भत्ता लागू गराउन कार्यविधि बन्दै गरेको भए पनि सरकार त्यसका लागि तयार नभएको पाइएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताए । 

 


उनले मजदुरलाई भन्दा सो भत्ताबारे सरकारलाई बुझाउन आफूहरुलाई गाह्रो भइरहेको टिप्पणी पनि गरे ।

 


जिफन्टले सामाजिक सुरक्षा भत्ता वितरणको विरोधमा केही मजदुर आफै लागेको भन्दै आपत्ति जनाउँदै आएको छ ।

 


यसैबीच, जिफन्टले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार काठमाडौंको भृकुटीमण्डपमा एक कार्यक्रम आयोजना गरेको छ । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले सो कार्यक्रमको उद्घाटन गर्नेछन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै