Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

२५ रक्षा संवाददातालाई सेनाको अभिमुखीकरण कार्यक्रम

नेपाली सेनाले २५ जना रक्षा संवाददातालाई अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । यही जेठ २२ देखि २७ गतेसम्म पोखरास्थित मध्य कमाण्ड हेड क्वार्टरमा उक्त कार्यक्रम सञ्चालन हुने भएको छ । 

 

आइतबार मध्य कमाण्ड हेडक्वार्टरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठबाट प्रथम प्रवचन गरेर कार्यक्रमको शुभारम्भ गरिएको छ ।

 

समाचार सम्प्रेषण गर्दा स्पष्टता होस् भन्ने उद्देश्यका साथसेनाको साङ्गठनिक स्वरुप, भूमिका तथासेना अन्तर्गतका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारी लगायत अन्य विविध विषयहरुमा प्रस्तुतीकरण एवं अन्तरक्रिया सहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने सेनाले जानकारी दिएको छ ।

 

साथै तनहुँस्थित तनहुँ हाइड्रो पावर, पोखरास्थित शान्ति स्तुपा, पाल्पास्थित पाल्पा संग्रहालय, लुम्बिनी भ्रमण तथा बुटवलस्थित जितगढीको फिल्ड भिजिट गराउने योजना समेत रहेको सेनाले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै