Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

ख्रिस्टियन महासंघको अस्ट्रेलिया सद्भावना दूतमा जीवन रायमाझी नियुक्त

राष्ट्रिय ख्रिस्टियन महासंघ नेपालको अस्ट्रेलिया महादेशको सद्भावना दूतमा जीवन रायमाझी नियुक्त भएका छन् । ललितपुर घर भएका रायमाझी अस्ट्रेलियाको सिड्नीमा विगत ३ वर्षदेखि बस्दै आएका छन् । 

 

त्यहाँको एक मण्डली (चर्च) मा अगुवाको रुपमा सहायता गर्दै आएका रायमाझीलाई महासंघले आफ्नो राजदूत चयन गरेको हो । नेपालमा रहँदा उनले सेभ द लाइफ नेपालको डाइरेक्टर भएर काम गरेका थिए । यस्तै, आशा नेपाल संस्थाको सुपरभाइजर समेत भएका थिए ।   

 

महासंघका ३३ वटा देशमा सद्भाव दूत छन् । यस्तै, उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र एसिया गरी चार महादेशमा महादेश प्रमुख पनि रहेको महासंघले जनाएको छ । २०६८ सालमा दर्ता भएको महासंघले नेपाली क्रिश्चियनहरुको हितमा काम गर्दै आएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै