Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

चिडियाखानाले ललितपुर महानगरको शिर उच्च बनाएको छ : चिरिबाबु महर्जन

राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औं वार्षिकोत्सव मनाएको छ । 

 

 

कोषले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर  चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताएका छन् ।  

 

 

उनले चिडियाखाना ललितपुर महानगरको एउटा विशेषता नै भएको बताएका छन् । मेयर महर्जनले चिडियाखानाको थप व्यवस्थित रुपमा विकास गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । उनले विकास गर्न सकिन भने पनि जुन रुपमा चलेको छ त्यही रुपमा राख्न सक्नु पर्ने बताएका छन् । 

 

 

‘ललितपुर महानगरपालिका ललित कलाले भरिएको सम्पदा सहर हो । यहि महानगरमा देशको एउटा मात्रै चिडियाखाना पर्छ । चिडियाखानाले ललितपुर महानगरको शिर उच्च बनाएको छ । चिडियाखानामा काठमाण्डौ आउने मानिसहरु सायदै नआउने कमै हुन्छन् । जसलाई चिडियाखानाको बारेमा थाहा नभएकाहरु मात्रै आउँदैनन् । चिडियाखाना ललिपुर जिल्लाकै विषेशता हो’ उनले भने ।

 

 

‘यति महत्वपूर्ण चिडियाखाना ललितपुर महानगरमा हुनु भनेको एकदमै ठूलो उपलब्धि हो । तर, यसलाई सरकारले बचाइ राख्नु जरुरी छ । चिडियाखानलाई सकिन्छ धेरै व्यवस्थित रुपमा विकास गरौं । सकिँदैन भने पनि जुन गतिमा चलिरहेको छ त्यहि रुपमा रहन दिनुपर्छ । यसलाई लोप हुन दिनु हुँदैन भन्ने उदेश्य सरकार तथा महानगरले लिन जरुरी छ । महानगरले चिडियाखाना अगाडिको फुटवल मैदानमा ठूला ठूला कन्सट हुने गरेका थिए त्यसलाई हटाउन सफल भएका छौं । चिडियाखानामा भएका जनावरलाई असर पर्ने भएकाले हटाएको हौं । यसले पनि चिडियाखानालाई व्यवस्थित बनाउँदै जानुपर्छ । चिडियाखानामा ठूला ठूला भवनहरु बन्नु हुँदैन खुल्ला छाड्नु पर्छ’ उनले भने ।

 

 

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले  चिडियाखाना मुख्य चार वटा उदेश्यले सञ्चालन भइरहेको बताएका छन् । उनले कोषले जङ्गली जनावरको विषयमा शिक्षा दिने काम गर्ने गरेको बताएका छन् । ओलीले कोषले जङ्गली जनावर तथा प्रकृति संरक्षणको विषयमा नेपालको १३ जिल्लामा पाठयपुस्तकमा समावेश गराएको बताएका छन् ।

 

 

‘चिडियाखानाको मुख्य चार वटा उदेश्य रहेको छ । जसमा सबै मानिहरु जङ्गलमा जान सक्दैनन् । जङ्गली जनावरसँग घुलमिल हुन पनि पाउँदैनन् । चिडिखानामा जङ्गली जनावरको बारेमा चिनाउनको लाई अर्थात शिक्षा दिन तयारी गरिएको हो । यसमा चाँहिने कुराहरु विद्यालयका पाठयपुस्तकमा समेत समावेश गर्नु पर्छ । राष्ट्रिय प्रकृतिक संरक्षण कोषले नेपालका १३ जिल्लाका पाठयपुस्तुकमा समावेश गरिहेको छ । पछिल्लो समय आएका नयाँ प्रविधि र जलवायु परिर्वतनको विषयमा पाठयपुस्तकमा समावेश गराएर शिक्षा दिनु जरुरी रहेको छ । यी लगायत अन्य धेरै काम गरिरहेको छ’ उनले भने ।

 

 

२६ औं वार्षिकोत्सवको अवसरमा कोषले चिडियाखाना काम गर्ने उतकृष्ट कर्मचारीहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै