Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

भारतको अनुदानमा बन्ने विद्यालयको शिलान्यास 

भारत सरकारको अनुदानमा बन्ने उदयपुर जिल्ला गाईघाट त्रियुगा नगरपालिकास्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन निर्माणको लागि शिलान्यास भएको छ । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का तथा भारतीय दूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले भवनको शिलान्यास गरेका हुन् । 

 

सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत ३ करोड ११ लाख रुपैयाँको लागतमा भारत सरकारको अनुदान सहयोगमा यो परियोजना अघि बढाइएको हो । 

 


श्री बालमन्दिर माध्यमिक विद्यालय उदयपुर जिल्लाकै पुरानो विद्यालय हो ।  निर्माण कार्य सम्पन्न भइसकेपछि यो विद्यालयलाई नयाँ परिसरमा सारिनेछ । विद्यालयमा हाल ११०० विद्यार्थीहरु अध्ययनरत छन्। 

 


नेपालका सातैवटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निमार्ण जस्ता विविध क्षेत्रहरुमा सन् २००३ यता भारतले ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ ।

 

त्यसमध्ये उदयपुर जिल्लाका आठ निर्माण सम्पन्न परियोजना तथा निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका अन्य आठ परियोजनासहित ७१ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना प्रदेश १ मा रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै