
सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ मा कुल सरकारी खर्च ८८.६ प्रतिशतले हुने अनुमान गरेको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा आ.व. २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड रुपैयाँ अर्थात ८८.६ प्रतिशत हुने संशोधित अनुमान रहेको बताएका हुन् ।
उनले कुल सरकारी खर्च मध्ये चालु खर्च ९ खर्ब ७१ अर्ब ८६ करोड रुपैयाँ अर्थात् ९१.२ प्रतिशत, पुँजिगत खर्च ३ खर्ब ९ करोड रुपैयाँ अर्थात् ७९.४ प्रतिशत र वित्तिय व्यवस्था तर्फ १ खर्ब ७५ अर्ब ५६ करोड रुपैयाँ अर्थात्
९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान रहेको बताए ।
उनले चालु आर्थिक वर्षमा राजस्वमार्फत् ११ खर्ब ५२ अर्ब ४२ करोड रुपैयाँ संकलन हुने अनुमान रहेको बताए ।
अर्थमन्त्री शर्माले चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान २४ अर्ब ८१ करोड रुपैयाँ र ऋण १ खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ परिचालित हुने संशोधित अनुमान रहेको बताए ।
त्यस्तै चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म १ खर्ब ३५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकिएका तथा २ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको उनले बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit