Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

नेप्सेमा साढे १३ अंकले गिरावट, यी हुन् धेरै शेयरमूल्य घट्ने कम्पनी

फाइल तस्बिर

साताको दोस्रो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक साढे १३ अंकले गिरावट आएको छ । 

 

 

आइतबार १०५.५५ अंकले वृद्धि भएको नेप्से परिसूचक सोमबार भने १३.४८ अंक घटेर २ हजार ८७२.०५ विन्दुमा झरेको छ । त्यस्तै सोमबार सेन्सेटिभ इण्डेक्स ०.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंकले घटेको छ ।

 

 

आज कारोबारमा आएका २२५ कम्पनीको १ करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आईतबार ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

 

 

सोमबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा लगानी उपसमूहको परिसूचक २.१८ प्रतिशत बढेको छ  । अन्य उपसमूहको १.२८ प्रतिशत र लघुवित्तको ०.५५ अंक बढेको छ । तर विकास बैंक उपसमूहको परिसूचक भने सबैभन्दा धेरै २.१३ प्रतिशत घटेको छ । बैंकिङ्ग, वित्त, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

 

 

सोमबार नेप्से परिसूचकमा ओरालो लागे पनि ३ कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा फरवार्ड लघुवित्त, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेका छन । त्यस्तै, छ्याङ्दी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सिभिल लघुवित्त, माउन्टेन हाइड्रो, पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य घटेको छ ।  आज कारोबार रकमका आधारमा ५७ करोड १२ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार  गरेर एचआईडिसीएल शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

1
  • Rynhib

    फाल्गुण २, २०७८

    buy tadalafil without prescription - tadalafil 40mg pills cialis from india

प्रतिकृया थप्नुहोस्
  • Rynhib

    फाल्गुण २, २०७८

    buy tadalafil without prescription - tadalafil 40mg pills cialis from india

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै