Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

विश्वको सार्वभौम धनकोषको उत्कृष्ट १० भित्र युएईका आबुधावी र दुबई कोष

विश्वको सार्वभौम धनकोष संस्थामध्ये उत्कृष्ट १० भित्र युएईका दुई कोष परेका छन् । सोभरिन वेल्थ फण्ड इन्स्टिच्युट (एसडब्युएफआई)ले हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनअनुसार चौथो र दशौं स्थानमा युएईका दुई कोष परेको फोब्र्सले जनाएको हो ।

 

अबुधाबी इन्भेष्टमेन्ट अथोरिटी (एडीआईए) चौथो स्थानमा छ भने इन्भेष्टमेन्ट कोअपरेसन अफ दुबई दशौं स्थानमा परेको छ । एसडब्युएफआईका अनुसार आबुधाबी इन्भेष्टमेन्टले हाल ६ सय ९२ दशमलव ९ बिलियन डलर सम्पत्तिको व्यवस्थापन गरिरहेको छ । 

 

आबुधाबी कोष सन् १९७६ मा आबुधाबी सरकारले स्थापना गरेको थियो । यस्तै, इन्भेष्टमेन्ट कोअपरेसन अफ दुबईले ३ सय २ दशमलव ३ बिलियन डलर सम्पत्ति व्यवस्थापन गरिरहेको छ ।

 

सूचीको पहिलो स्थानमा नर्वे गभर्मेन्ट पेन्सन फण्ड ग्लोबल, दोस्रोमा चाइना इन्भेष्टमेन्ट कोअपरेसन (सीआईसी) र तेस्रोमा कुवेत इन्भेष्टमेन्ट अथोरिटी (केआईए) छन् । 

 

 

पाँचौमा हङकङ मनिटरी अथोरिटी इन्भेष्टमेन्ट पोर्टफोलिया, छैटौंमा जीआईसी प्राभेट लिमिटेड, सातौमा टेमास्का होल्डिङ्स, आठौंमा नेशनल काउन्सिल फर सोसियल सेक्युरिटी फन्ड, नवौंमा पब्लिक इन्भेष्टमेन्ट फण्ड (पीआईएफ) छन् । 

 

पहिलो स्थानको नर्वेको कोषसँग भने १ दशमलव ४ ट्रिलियन डलर कोष रहेको छ । दोस्रो चाइना इन्भेष्टमेन्टको १ दशमलव २ ट्रिलियन र तेस्रो कुवेत इन्भेष्टमेन्टको ६ सय ९२ दशमलव ९८ बिलियन डलर सम्पत्ति रहेको छ । 

 

सार्वभौम धनकोष राज्यको स्वामित्ववाला लगानीमूलक फन्ड हो । यो संस्थाले वित्तीय लगायत क्षेत्रमा लगानी गर्ने गर्छ । नेपालमा पनि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष यसका उदाहरण हुन् । 

 

सार्वभौम धनकोषले सेयर, बोन्ड, रियलइस्टेट, बहुमूल्य धातुु, इक्विटी फन्ड लगायतमा लगानी गर्छ । विश्वस्तरमा नै सार्वभौम धनकोषले लगानी गर्छन् । 
यस्तो कोष कुनै देशमा त्यहाँको केन्द्रीय बैंक मातहत पनि हुन्छ, जसले एउटा राष्ट्रको बैंकिङ प्रणाली व्यवस्थापनअन्तर्गत धन जम्मा गर्छन् । यस प्रकारको कोष सामान्यतया प्रमुख आर्थिक र राष्ट्रको कोषको महत्व राख्छ । 

 

अरु सार्वभौम धनकोष केवल राज्यको बचत हो, जहाँ विभिन्न संस्थाले लगानी फिर्ता हुनेगरी बचत गरिएको हुन्छ । यस्तो कोषले मुलुकको वित्त प्रबन्धनमा कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्दैन । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै