Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

साइकल र विद्युतीय सवारीसाधनको प्रयोग बढाउँदै पेट्रोलियम पदार्थको आयात घटाउनुपर्छ : मन्त्री भुसाल 

ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात कम गर्न साइकल र विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने बताएकी छिन् । 

 

 

शनिबार महिनवारी स्वच्छता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले पट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रयोगलाई कम गर्न साइकल उपर्युक्त विकल्प भएको बताइन् ।

 

 

मन्त्री भुसालले साइकल र विद्युतीय सवारीसाधनको प्रयोगले वावरणलाई स्वच्छ बनाउने र अहिले भोगिरहनुपरेको वातावरणीय समस्या पनि समाधान हुने पनि बताइन् । 

 


मन्त्री भुसालले महिनावारी हुँदा महिलालाई हेप्ने समाजको दृष्टिकोणलाई परिवर्तन गर्न आवश्यक रहेको बताइन् । उनले महिला महनिावारी हुनु भनेको कुनै नराम्रो कुरा नभई महिला भएको परिपक्वताको टुंगो लागेको बताइन् ।

 

 

मन्त्री भुसालले महिनावारी हुनु पाप नभइ गर्वको कुरा भएको भन्दै पछिल्लो समय सोचमा परिवर्तन भइरहेको बताइन् । उनले स्यानिटरी प्याडको निःशुल्क वितरणसँगै विद्यार्थीहरु अध्ययनबाट वञ्चित हुन नपरेको बताइन् । मन्त्री भुसालले अझै शहरमै पनि महिला महिनावारी हुँदा विभिन्न समस्या भोगिरहनुपरेको भन्दै यसविरुद्ध सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताइन् ।

 

 
महिनावारी स्वच्छता दिवसको अवसरमा आज काठमाडौंको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म बृहत र्‍यालीसमेत भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै