Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सेनाद्वारा संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मूल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । 

 

सोमबार संसद भवनअघिको मूल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो । कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो । 

 

कुकुरभित्र इँट्टाको टुक्रा र कागज फेला परेको नेपाली सेनाका क्याप्टेन सन्दीप थापाले बताए । उनले प्रेसकुकर तर्साउन भएको र कुकरभित्र कुनै पनि बिस्फोटक पदार्थ नभएको स्पष्ट पारे ।

 

‘यो भित्र इँट्टाका टुक्रा, कागज र प्लाष्टिक थिए । यो मात्र डराउन र तर्साउनका लागि राखिएको थियो । अरु केही पनि थिएन । डराउने नियतका साथ राखिएको हो,’ उनले भने ।

 

आइतबार संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) बहुमतले अनुमोदन गरेपछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहत अन्य ६ राजनीतिक दलहरुले आज नेपाल बन्दको घोषणा गरेका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै