Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

यस्तो छ कांग्रेसको १३ वटा महाधिवेशनको इतिहास, यी नेता बने सभापति

मुलुककै पुरानो दल नेपाली कांग्रेसको अहिले चौंधौ महाधिवेशन जारी छ । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापनासंगै अंकुरित नेपाली कांग्रेसले साढे सात दशकको यात्रा पूरा गरिसकेको छ । प्रस्तुत छ कांग्रेसको राजनीतिक आरोह अवरोह सम्बन्धी एक रिपोर्ट :

 

निरंकुश राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको उद्देश्यका साथ २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस पार्टी स्थापनाको पहल भयो । राणाहरुको कोपभाजनमा परी प्रवासिन बाध्य बनाइएका र अध्ययनका लागि भारत पुगेका युवाहरुको बाहुल्यता रहेको यो संस्थाका जन्मदाता बीपी कोइराला थिए ।

 

२००३ कात्तिक १५ गते बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय कांंग्रेस गठन भयो, जसको सभापतिमा देवीप्रसाद सापकोटा, उपसभापति  बालचन्द्र शर्मा, महामन्त्री कृष्णप्रसाद उपाध्याय भट्टराई र प्रचारमन्त्री  गोपालप्रसाद उपाध्याय भट्टराई थिए । त्यसको तीन महिनापछि कलकत्तामा सम्पन्न सम्मेलनबाट अखिल भारतीय नेपाली राष्ट्रि«य कांग्रेसलाई नेपाली राष्ट्रिय कांग्रेस बनाइयो ।

 

जसको सभापतिमा टंकप्रसाद आचार्य, कार्यकारी सभापति  विश्वेश्वरप्रसाद कोइराला थिए । राष्ट्रिय कांग्रेसको आह्वानमा मुलुकमै पहिलो पटक विराटनगरमा मजदुरहरुको संगठित आन्दोलन सुरु भयो । यसक्रममा बीपी, तारिणी, गिरिजा, मनमोहन अधिकारी, गेहेन्द्रहरी शर्मा विकु र युवराज अधिकारी पक्राउ परेका थिए । उनीहरुलाई पहाडको बाटो हुँदै २२ दिन हिँडाएर काठमाडौंमा थुनियो ।

 

बीपी थुनामा परेपछि मातृकाप्रसाद कोइराला राष्ट्रिय कांग्रेसको कार्यवाहक अध्यक्ष भए । भारत प्रवासमा रहदा त्यहाँको सरकारले मातृका माथि मुद्दा चलायो अनि डा. डिल्ली रमण रेग्मी कार्यवाहक सभापति भए । सभापतिको अनुपस्थितिका लागि कार्यवाहक बनाइएका डा. रेग्मीले बीपी रिहा भएपछि पनि पद छोड्न मानेनन् । यही विषयलाई लिएर पार्टी विभाजन भयो ।

 

तेस्रो महाधिवेशन २००५ फागुन १८, १९, २० मा दरभंगामा भयो । यसबीच काठमाडौंमा नागरिक अधिकार प्राप्तिका लागि युवाहरुले आन्दोलनको घोषणा गरे । त्यस आन्दोलनलाई ऊर्जा दिन कृष्णप्रसाद भट्टराई र केदारमान व्यथितका साथ काठमाडौं आएका बीपी फेरि पक्राउ परे । यो घटनापछि मातृकाप्रसाद कोइराला कार्यवाहक अध्यक्ष बने ।
 
 
राष्ट्रिय कांग्रेसको विभाजनपछि सुवर्णशमशेर, महावीरशमशेरको पहलमा कलकत्तामा नेपाल प्रजातन्त्र कांग्रेस गठन भयो । नेपाल प्रजातन्त्र कांग्रेसको २००५ साल पुष १५ देखि १७ मा महाधिवेशन भयो । सभापतिमा  महेन्द्रविक्रम शाह र महामन्त्री  सूर्यप्रसाद उपाध्याय चयन भए । राष्ट्रिय र प्रजातन्त्र दुवै कांग्रेसको लक्ष्य, राणाशाहीको अन्त्य गरी राजाको नायकत्वमा प्रजातन्त्र स्थापना गर्ने नै थियो । फलस्वरुप २००६ सालमा यी दुई पार्टीबीच एकीकरण भयो र नेपाली कांग्रेसको स्थापना भयो ।

 

चौथो महाधिवेशन २००६ चैत २७, २८, २९ मा कलकत्तामा भयो । सभापतिमा मातृकाप्रसाद कोइराला, महामन्त्रीमा  महेन्द्रविक्रम शाह, कोषाध्यक्षमा  सुवर्णसमशेर जबरा, सहमहामन्त्री कृष्णप्रसाद भट्टराई, सदस्यहरुमा विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, महावीर समशेर, रुद्रप्रसाद गिरी, कुँवरकल्लु सिंह र राजेश्वरीप्रसाद उपाध्याय निर्वाचित भए ।

 

नेपाली कांग्रेस नेतृत्वको सशस्त्र क्रान्तिबाट २००७ सालमा प्रजातन्त्र स्थापना भयो । २००९ मा जनकपुरमा सम्पन्न पाँचौं महाधिवेशनबाट बीपी सभापति चुनिए । दलित समुदायका धनमानसिंह परियारलाई कांग्रेस महामन्त्रीको जिम्मेवारी दिइयो । नेपाली राजनीतिमा प्रमुख दलमा कुनै दलितलले अहिलेसम्म उच्च पद प्राप्त गरेको यो नै मात्र घटना एक हो ।

 

प्रजातन्त्र स्थापना भएसंगै राजा त्रिभुवनले दुई वर्षभित्र संविधानसभा निर्वाचन गराउने वचन दिएका थिए । तर अनेकौं वहानामा चुनाव सार्ने काम भयो । प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र सभापति बीपी विचको मुख्य मतभेद यही थियो । जसका कारण अन्ततः २००९ सालमा कांग्रेस दोस्रो पटक विभाजित हुन पुग्यो । विभाजित पार्टीको सभापति सभापति मातृकाप्रसाद कोइराला बने । २०१२ मा वीरगञ्जमा सम्पन्न कांग्रेसको महाविधेशनवाट सुवर्णशमशेर सभापति भए । त्यही महाधिवेशनबाट कांग्रेसले समाजवादी नीति अवलम्वन ग-यो ।  

 

प्रजातन्त्र स्थापना भएको सात वर्ष पुग्दा समेत मुलुकमा चुनाव हुन सकेन । त्यही वातावरणका बीच नेपाली कांग्रेसको विशेष महाधिवेशन २०१४ जेठ १० मा विराटनगरमा सम्पन्न भयो र बीपी फेरी सभापति बने । बीपीको नेतृत्वमा राजालाई चुनाव गराउन बाध्य बनाएपछि कांग्रेसले दुई तिहाईको अपार जनमत प्राप्त ग¥यो । कांग्रेसको इतिहासमा सातौं महाधिवेशनको छुट्टै महत्त्व छ । पहिलो आफ्नै नेतृत्वमा १०४ वर्षे राणा शासन अन्त्य गरी कांग्रेस दुई तिहाई बहुमतका साथ उसले सत्ताको नेतृत्व पाएको थियो । दोस्रो यो महाधिवेशन लगत्तै राजाले प्रजातन्त्र माथि कु गरी निरंकुश पञ्चायती व्यवस्था सुरु गरे ।

 

सातौं महाधिवेशन २०१७ वैसाख २५ गतेदेखि ३१ मा काठमाडौंमा भएको थियो । सभापतिमा विश्वेश्वरप्रसाद कोइराला र महामन्त्रीमा श्रीभद्र शर्मा चयन भए । २०१७ पुष १ को राजनीतिक ‘कू’ पछि बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई सहितका शीर्ष नेता गिरफ्तार भए । अनि व्यक्तिगत कामको शिलसिलामा कलकत्तामा पुगेकाले पक्राउ हुनबाट जोगिएका नेता सुवर्णशमशेर राणालाई कार्यवाहक सभापति बनाइयो । राणाको नेतृत्वमा कांग्रेसले दोस्रो पटक सशस्त्र सुरु ग¥यो । तर सफलता पाउन सकेन । यस बीच आठ वर्ष लामो जेल जीवनबाट बीपी कोइराला रिहा हुनु भयो । फेरी उनको नेतृत्वमा कांग्रेसले तेस्रो पटक सशस्त्र क्रान्ति सञ्चालन ग-यो । हतियारको बलमा लड्ने दुवै प्रयास विफल भए । अनी राष्ट्रिय एकता तथा मेलमिलापको नीतिका साथ २०३३ साल पुष १६ गते ८ वर्ष लामो भारत प्रवासबाट बीपी स्वदेश फर्किए ।

 

पटना सम्मेलन २०३४ कात्तिक ५ र ६ मा भएको थियो । जसले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति र गिरिजाप्रसाद कोइरालालाई महामन्त्री बनाएको थियो । बीपी माथि मृत्युदण्ड माग दावी गरिएका राजकाज सम्वन्धी आठ मुद्धा विचाराधीन थिए । दुई वटा सशस्त्र क्रान्तिमा असफलता वेहोरे पछि हतियारको बाटो छोडेर पार्टीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने बाटोमा बीपी अग्रसर भएका थिए, त्यसैले सशस्त्र क्रान्तिको विपक्षमा रहेका नेता कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनाइयो ।

 

२०१७ को राजनीतिक कू पछि पार्टी प्रतिबन्धित भएकाले तीन दसकसम्म नेपाली कांग्रेसको महाधिवेशन हुन सकेन । सातौं महाधिवेशनको ३१ वर्षपछि २०४८ साल फागुन पहिलो साता झापाको कलबलगुडी सम्पन्न आठाैँ महाधिवेशबाट कृष्णप्रसाद भट्टराईलाई सभापतिमा निर्विरोध निर्वाचित भए । सर्वमान्य नेताको रुपमा  गणेशमान सिंह घोषित भए । 

 

२०५३ साल वैसाख २६, २७ र २८ गते काठमाडौंमा सम्पन्न नवौं अधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापति भए । महामन्त्री  सुशील कोइराला भए । त्यसै गरी २०५७ माघ ६, ७, ८ र ९ गते, पोखरामा आयोजित दशौं महाधिवेशनबाट कोइराला दोस्रो कार्यकालका लागि सभापति चयन भए । माओवादी विद्रोह उत्कर्षमा पुगेको बेला २०५९ असार पहिलो साता प्रधानमन्त्री शेरबहादुर देउवा समुहले नयाँ बानेश्वरमा महाधिवेशन प्रतिनिधिहरुको भेला गरी सभापति कोइरालालाई निष्कासन गर्दै देउवालाई सभापति घोषणा ग-यो । यससंगै नेपाली कांग्रेस तेस्रो पटक विभाजित भयो ।

 

नेपाली कांग्रेसको २०६२ भदौ १४, १५, १६ र १७, ललितपुरमा आयोजित एघारौं महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला तेस्रो कार्यकालका लागि सभापति भए । अर्को तिर नेपाली कांग्रेस प्रजातान्त्रिकको अधिवेशनबाट शेरवहादुर देउवा सभापति भए । २०६४ असोजमा आइपुग्दा नेपाली कांग्रेस र प्रजातान्त्रिक पार्टी बीच एकीकरण भयो ।

 

एकता महाधविशेन २०६४ असोज ७, ललीतपुरबाट सभापति गिरिजाप्रसाद कोइराला, वरिष्ठ नेता शेरवहादुर देउवा, कार्यवाहक सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल बने । एकीकरणपछिको बाह्रौं अधिवेशनबाट २०६७ असोज १ –५ काठमाडौंबाट सुशील कोइराला सभापति चुनिए । महामन्त्री प्रकाशमान सिंह भए । पार्टीको तेह्रो महाधिवेशनवाट निर्वाचित भएका शेरवहादुर देउवा अहिले नेपाली कांग्रेसको सभापति छन् ।

 

२०७२ फागुन चौथो साता, काठमाडौंमा आयोजित तेह्रौं महाधिवेशन उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, महामन्त्री पूर्णवहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, सहमहामन्त्री सुनीलबहादुर थापा, कोषाध्यक्ष सीतादेवी यादव चयन भएका थिए ।

प्रतिक्रिया

7
  • Abertrip

    फाल्गुण २१, २०७८

    скільки триватиме війна в україні 2022 коли закінчиться війна в україні коли закінчиться війна в україні

  • Abrtrip

    फाल्गुण २३, २०७८

    The Batman Бетмен дивитися онлайн Бетмен 2022

  • Abrtrip

    फाल्गुण २७, २०७८

    http://bit.ly/legenda-destan-vse-serii

  • Abrtrip

    फाल्गुण २७, २०७८

    http://bit.ly/legenda-destan-vse-serii

  • Abrtrip

    फाल्गुण २७, २०७८

    http://bit.ly/legenda-destan-vse-serii

  • Abrtrip

    फाल्गुण २८, २०७८

    https://bitbin.it/xUNGaaQL/

  • Abrtrip

    चैत १, २०७८

प्रतिकृया थप्नुहोस्
  • Abertrip

    फाल्गुण २१, २०७८

    скільки триватиме війна в україні 2022 коли закінчиться війна в україні коли закінчиться війна в україні

  • Abrtrip

    फाल्गुण २३, २०७८

    The Batman Бетмен дивитися онлайн Бетмен 2022

  • Abrtrip

    फाल्गुण २७, २०७८

    http://bit.ly/legenda-destan-vse-serii

  • Abrtrip

    फाल्गुण २७, २०७८

    http://bit.ly/legenda-destan-vse-serii

  • Abrtrip

    फाल्गुण २७, २०७८

    http://bit.ly/legenda-destan-vse-serii

  • Abrtrip

    फाल्गुण २८, २०७८

    https://bitbin.it/xUNGaaQL/

  • Abrtrip

    चैत १, २०७८

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै