
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन् ।
सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमसीसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवाको भनाई र त्यस्तो पत्र नपठाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति मध्ये एक झुट भएको उल्लेख गर्दै अध्यक्ष ओलीले झुट बोल्ने काम नगर्न सचेत गराए ।
‘शेरबहादुरजी नि हस्ताक्षर गरेर दिएको भन्नु हुन्छ । प्रचण्ड दिएको छैन भन्नुहुन्छ । दुईटा मध्ये एउटाले झुट बोल्या जस्तो देखिएन ? त्यस्तो झुट बोल्नु हुँदैन ।’ उनले
भने ।
उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अडान दोहो¥याए । उनले प्रधानन्यायाधीश जबरासहित सबै न्यायाधिशहरुले संविधानको पालना नगरेको आरोप समेत लगाए ।
‘राजीनामा सबैले दिनुपर्ने खालको हुनुहुन्छ । उहाँहरुले अदालतको मर्यादा कसैले पनि बचाउनु भएको छैन । संविधानको पालना कसैले गर्नु भएको छैन । संविधानको व्याख्यातासम्म हो अदालत । संविधान परिवर्तन गर्ने, संविधान हेरफेर गर्ने होइन । ब्याख्या गरेन उसले आफैं संविधानको अनेक धाराहरु सृजना ग¥यो ।’ उनले भने ।
उनले संविधान परिवर्तन गर्ने र हेरफेर गर्ने काम अदालतको नभएको पनि स्मरण गराए ।
सभापति देउवाले संवैधानिक परिषद्बाट प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बनाउन सिफारिस गरेकाले पनि आफैले सरकारको...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit