Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

भारतबाट तेल ल्याउने, टैंकरमै लुकाएर उत्तै लैजाने 

ब्यूराेले पक्राउ गरेका अजय र बिकेस लामा ।

नेपाल आयल निगमका दुई जना चालक यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा छन् । दुबै ना ७ अ २९९५ र ना ७ ख ३६९६ नम्बरका आयल निगमका टैंकरका चालक हुन् । 

 

नेपाल आयल निगमले ३ मंसिरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पत्र लेख्दै यी दुई चालक बिरुद्ध अनुसन्धान गर्न अनुरोध गरेको थियो । महानिरीक्षक थापा क्षेत्रीको सचिवालयले पत्र अपराध अनुसन्धान विभाग हुँदै केन्द्रीय अनुसन्धान ब्यूरोलाई पठाएको थियो । 

 

प्रहरी प्रधान कार्यालयले ब्यूरोमा पठाएको पत्रमा ईण्डियन आयल कर्पोरेसन बरौनी, भारतबाट पेट्रोल लोड गरी आउँदा निगममा कम परिमाणमा पटक पटक तेल आएपुगेपछि अनुसन्धानका लागि भनिएको थियो । 

 

ब्यूरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले यी दुबैले टंयाक्रमा एउटा अलग चेम्बर बनाएर तेल तस्करी गरेको प्रमाणित भएको बताए । उनले यी दुई बाहेक अन्यको संलग्नताका बिषयमा ब्यूरोले अनुसन्धान गरिरहेको बताए । 


उनका अनुसार टंयाक्रमा हुने चेम्बर बाहेक यी दुईले चालक बाराका अजय लामा र बिकेश लामा ले चलाउने टंयाक्रमा एउटा अलग्गै चेम्बर छ । जसमा तेल लुकाएर भारतमा लगेर बेच्ने गरिरहेका थिए ।  


‘यी दुईका सहयोगी र यो घटना भइरहेको मिति समेत विविध बिषयको अनुसन्धान सुरु भएको छ,’ एसपी पाण्डेले पर्दाफाससँग भने, ‘निगमकै कर्मचारी र टंयाक्र धनी समेतको संलग्नताको आशंका गरेका छौ ।’ 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै